ईटानगर 10 जून (हि.स)। केन्द्रिय अल्पसंख्यक मामिलाका मन्त्री किरण रिजिजुले गए सोमवार राज्यको सीमावर्ती क्षेत्रमा भइरहेको फ्रण्टियर हाईवे परियोजनाका महत्व अनि लाभहरूमाथि प्रकाश पारे।
वेस्ट कामेंग जिल्लामा राजमार्गको निर्माणबाट प्रभावित भएका परिवारहरूलाई क्षतिपूर्ति वितरण गरेपछि रिजिजुले भने, उचित सड़क सम्पर्क बिना विकास हुन सक्दैन। त्यो जमाना गयो जतिबेला नफरा, सेप्पा वा कोलोरियांग जस्ता स्थानहरूदेखि राज्यको राजधानीसम्म आइपुग्नको लागि एक दिन पूरै वा त्योभन्दा अधिक समय लाग्थ्यो।
वर्तमानमा सड़कको सर्वोत्कृष्ट ढाँचाले गर्दा मानिसहरू केही घण्टाभित्रै ईटानगर पुग्न सक्छन्। हाम्रा मानिसहरूको लागि उचित सड़क सम्पर्क सुनिश्चित गर्नु मेरो सपना अनि वाचा थियो। उनले सीमा सम्पर्कलाई बढ़ाउनको लागि सरकारको प्रतिबद्धतामाथि बल दिँदै भने, वर्तमानमा भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत धेरैवटा परियोजनाहरूको क्रियान्वयन भइरहेको छ।
केन्द्रिय मन्त्रीले जनतासित विकास परियोजनाहरूको क्रियान्वयनमा कुनै व्यवधान वा बाधा उत्पन्न नगर्ने अपील गरे। स्थानीय विधायक डोंगरू सियोंगजुले राज्यमा महत्वाकांक्षी औ परिवर्तनकारी फ्रण्टियर हाईवे परियोजना ल्याइदिएकोमा सरकारप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा