मच्छरबाट हुने विभिन्न रोगहरुबाट बाँच्न खरसाङ नगरपालिकाबाट सर्वे र सर सफाई कार्य शुरु
मच्छरबाट हुने विभिन्न रोगहरुबाट बाँच्न खरसाङ नगरपालिकाबाट सर्वे र सर सफाई कार्य शुरु


खरसाङ, 10 जून (हि.स.)। मच्छरबाट हुने विभिन्न रोगहरुबाट बाँच्नलाई खरसाङ नगरपालिकाको तर्फबाट घर घर पुगेर सर्वे गर्ने साथै सर सफाई गर्ने कार्य शुरू गरिएको छ। यस कार्यको लागि खरसाङ नगरपालिकाको भिक्टर कन्ट्रोल टिमले घर घर पुगेर सर्वे गर्दै मानिसहरुलाई सचेतना गराउने कार्य थालेको छ भने आजदेखि भीसीटी टिमलाई पनि विभिन्न स्थानहरुमा सर सफाईको लागि पठाइएको छ।

उक्त टिमलाई खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान र सभासद श्याम शेर्पा र अन्यको बाहुलीबाट ड्रेस पनि वितरण गरिएको छ। यस भीसीटी टिमले विभिन्न स्थानहरुमा पुगेर मलेरिया र अन्य रोगहरुबाट बाँच्नलाई सर सफाई गर्ने कार्य गर्ने भएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका सेनीटेरी इन्स्पेक्टर रमेश सुब्बाले मच्छरबाट हुने विभिन्न रोगहरुको रोकथामको लागि खरसाङ नगरपालिकाको तर्फबाट पहल गर्दै घर घर पुगेर सर्वे गर्ने साथै मानिसहरुलाई सचेत गराउन कार्य थालिएको बताए। उनले यस पहल अन्तर्गत आजदेखि भीसीटी टिमलाई नगरपालिकाको तर्फबाट ड्रेस वितरण गरेर विभिन्न स्थानहरुमा सर सफाईको लागि पठाइएको पनि जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande