राज्यपालले दिए राज्यवासीहरूलाई सागा दावाको हार्दिक शुभकामना
om prakash mathur


गान्तोक, 10 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सागा दावाको पावन अवसरमा राज्यवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा सागा दावा, बौद्ध मान्यता अनुसार सबैभन्दा पावन महिना रहेको बताएका छन् जुन महात्मा बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको प्रतीक हो। यस पर्वले हामीलाई आत्मचिन्तन, करुणा र आध्यात्मिक पुनर्जागरणको अवसर प्रदान गर्दछ।

राज्यपालले भने, सिक्किम, आफ्नो सांस्कृतिक विविधता र जातीय सद्भावनाको निम्ति अनुकरणीय राज्य हो। यहॉं विभिन्न समुदाय सद्भाव, सौहार्द र आपसी सम्मानको साथमा बस्छन्। राज्यपालले सबैलाई महात्मा बुद्धको अनमोल शिक्षाहरूलाई आत्मसात गर्न र एउटा यस्तो समाज निर्माण गर्न योगदान दिन आह्वान गरेका छन्, जुन परस्पर समान, समझ र करुणामा आधारित होस्।

राज्यपालले भने, महात्मा बुद्धका शिक्षाहरू सर्वकालिक र सार्वभौमिक छन्, जसले जाति र धर्मका सीमाहरूभन्दा पर सम्पूर्ण मानवतालाई सत्य र करुणाको मार्गमा हिड्न प्रेरित गर्दछ।

राज्यपालले सागा दावाको पावन अवसरमा आफ्नो प्रतिबद्धतालाई दृढ गर्न, स्वयंलाई नि:स्वार्थ सेवा, खॉंचोमा रहेकाहरूको सहायता गर्न तथा प्रकृति र मानवतासॅंग सामंजस्यपूर्ण जीवनको निम्ति समर्पित गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande