चिया बगानबाट चितुवाको शव उद्धार
चिया बगानबाट चितुवाको शव उद्धार


सिलगढ़ी, 10 जून (हि. स.)। बागडोगरा नजिकै किरण चन्द्र चिया बगानबाट एउटा चितुवाको शव उद्धार गरिएको छ। चितुवाको शवमा देखिएको चोटको जाँच गरेपछि वन अधिकारीहरूले अनुमान लगाए, चितुवाको मृत्यु आपस्तमा आपसी भिड़न्तमा भएको हुनसक्छ।

प्राप्त जानकारी अनुसार बगानका म्यानेजर पी. गांगुली मंगलवार क्षेत्रको निरीक्षण गर्न हिँड़ेका थिए। यसै अवधि चिया बगानभित्र रहेको चितुवामाथि उनको नजर पऱ्यो। चितवा जिउँदो हो कि मरेको, यो सुनिश्चित गर्नको लागि उनले सानो ढुङ्गाले हाने। चितुवाले कुनै प्रतिक्रिया नदिएपछि उनले छेवैमा पुगेर हेरे तब थाहा लाग्यो कि चितुवा मरिसकेको थियो। चितुवाको गर्नमुनि पञ्जाको निशान देखियो। त्यसपछि उनले यसको सूचना वन विभागलाई दिए। सूचना पाएर बागडोगरा रेञ्जका कर्मचारीहरू घटनास्थलमा पुगे अनि चितुवाको शवलाई कब्जामा लिए।

यस सन्दर्भमा बागडोगरा रेञ्ज अधिकारी सोनमा भोटियाले भने, किरण चन्द्र चिया बगानबाट एउटा चितुवाको शवलाई उद्धार गरिएको छ। मृत चितुवाको गर्दनमा पञ्जाको निशान छ। यसबाट स्पष्ट हुन्छ कि अर्को चितुवासित लड़ाईँ भएर उसको मृत्यु भएको हो। तथापि शवको पोस्टमर्टम गरिएपछि मात्र असली कारण पत्तो लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande