बार्सिलोना प्ल्याङ्क-2025 मा भारतीय छात्रहरूले हासिल गरे एतिहासिक सफलता मुख्यमन्त्री ममताले दिइन् बधाई
बार्सिलोना प्ल्याङ्क-2025 मा भारतीय छात्रहरूले हासिल गरे एतिहासिक सफलता मुख्यमन्त्री ममताले दिइन् बधाई


कोलकाता, 11 जून (हि.स.)। स्पेनको बार्सिलोनामा आयोजित प्रतिष्ठित अन्तरराष्ट्रिय सैद्धान्तिक भौतिकी प्रतियोगिता प्लैंक-2025 मा भारतीय छात्रहरूको टीमले एतिहासिक उपलब्धी दर्ता गरेको छ। भारतीय विज्ञान संस्थानको चार स्नातक छात्रहरूको टीमले वैश्विक स्तरमा छैठौं स्थान हासिल गरेको छ, जुन अहिलेसम्म कुनै भारतीय टीमको सर्वोच्च ऱ्याङ्किङ हो।

टीममा सामेल छात्रहरू हुन्- सिमर नरूला, रितब्रत घोष, सुस्मिता रोय र अविक दास। यसमध्ये रितब्रत, सुस्मिता र अविक पश्चिम बंगालबाट हुन्। यस उल्लेखनीय उपलब्धीमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले चारै जना छात्रहरूलाई बधाई दिँदै यसलाई देशको निम्ति गर्वको क्षण बताइन्।

मुख्यमन्त्रीले ट्वीट गरी भनेकी छन्, अन्तरराष्ट्रिय मंचमा यस कठिन प्रतियोगितामा शीर्ष ऱ्याङ्क हासिल गरी हाम्रा युवाहरूले देश र बंगाललाई गौरवान्वित गरेका छन्। आविकले माध्यमिक, उच्च माध्यमिक र राज्य संयुक्त प्रवेश परीक्षामा उत्कृष्ट स्थान प्राप्त गरेका थिए जबकि चाकदाका रितब्रत र सुस्मिता पनि लगातार शैक्षणिक उपलब्धीहरूमा अग्रणी रहेका छन्। यिनीहरूको यो सफलता न केवल यिनीहरूको प्रतिभाको प्रमाण हो तर यसले दर्शाउँछ कि हाम्रा युवा वैश्विक चुनौतीहरूको सामना गर्नमा पूर्ण रूपमा सक्षम छन्।

प्ल्याङ्क-2025 एक वैश्विक स्तरको सैद्धान्तिक भौतिकी प्रतियोगिता हो, जसमा विश्वभरिका चुनिन्दा छात्रहरूले भाग लिन्छन्। भारतको तर्फबाट कुनै टीमद्वारा प्राप्त यो छैठौं स्थान अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो, जसले देशको वैज्ञानिक र शैक्षणिक क्षेत्रको प्रगतिलाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande