नयॉं दिल्ली, 11 जून (हि.स.)। भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला र तीन अन्य एस्ट्रोनट्सको निम्ति अन्तरिक्ष स्टेशनसम्मको ऐतिहासिक यात्रालाई एकपल्ट फेरि स्थगित गरिएको छ। आज एक्सिओम-4 मिशनको लन्चिङ प्रस्तावित थियो। लन्चिङ वाहनमा लिक समस्याका कारण यसलाई स्थगित गरिएको छ। इसरो प्रमुख डा. वी. नारायणनले उक्त जानकारी एक्समा दिएका छन्।
डा. नारायणनले भने, आईएसएसमा पहिलो भारतीय गगनयात्री पठाउनका लागि 11 जूनमा प्रस्तावित एक्सिओम-4 मिशनलाई स्थगित गरिएको छ। फाल्कन 9 लन्च वाहनको बूस्टर चरणको प्रदर्शनलाईलाई मान्य गर्नका लागि लन्च वाहनको तयारीको क्रममा लन्च प्याडमा सात सेकेन्डको हट हेस्ट गरियो।
परीक्षणको समय प्रणोदन बेमा लिकको पत्तो लाग्यो। इसरो टीमले एक्सिओम-4, स्पेसएक्सका विशेषज्ञहरूसॅंग यस विषयमा चर्चाको आधारमा लन्चको निम्ति स्वीकृति दिन भन्दाअघि लिकलाई ठीक गर्ने र आवश्यक सत्यापन परीक्षण गर्ने निर्णय लिइयो। यस कारण आईएसएसमा पहिलोपल्ट भारतीय गगनयात्री पठाउनका लागि 11 जूनमा प्रस्तावित एक्सिओम-4 को प्रक्षेपणलाई स्थगित गरिएको छ।
उल्लेखनीय छ, एक्सिओम-4 मिशन पहिले पनि तीनपल्ट स्थगित गर्नु परेको थियो। अन्तरिक्षयात्रीहरूलाई 29 मईमा पठाउने योजना थियो, तर यसलाई आठ जूनसम्म स्थगित गरियो। यसपछि 10 जूनसम्म स्थगित गरियो। स्पेसएक्सको फाल्कन-9 राकेट मंगलवार सॉंझ फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रस्थान प्रस्तावित थियो, तर खराब मौसमका कारण एक दिनको निम्ति स्थगित गर्नु परेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी