साम्बा, 11 जून (हि.स.)। जम्मू सम्भागको साम्बा जिल्लाको नड गाउँमा गाउँलेहरूद्वारा दुई संदिग्ध आतङ्कीहरूको गतिविधिको सूचना दिइएपछि सुरक्षाबलहरूले बुधवार खोजी अभियान शुरू गरेको छ।
अधिकारीहरूले बताए, अभियान अहिले जारी छ तर अहिलेसम्म यूनिफार्म लगाएका संदिग्धहरूको कुनै पत्तो लागेको छैन। केही गाउँलेहरूले रातको समय नड गाउँमा एउटा स्कूल नजिक संदिग्ध आतङ्कीहरूलाई देखे र पुलिसलाई यसको सूचना दिए। आज बिहान पुलिस र सेनाको संयुक्त दलहरूले पूरा क्षेत्रलाई तुरन्तै घेरेर खोजी अभियान शुरू गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी