पटना, 11 जून (हि.स.)। राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष लालू यादवको 78औं जन्मदिनमा बधाई दिनेहरूको कतार लागेको छ। मानिसहरूले उनको उत्तम स्वास्थ्य र दीर्घायुको कामना गरिरहेका छन्। यस क्रममा बुधवार कांग्रेस नेता र लोकसभामा विपक्षका नेता राहुल गान्धीले पनि उनलाई जन्मदिनको बधाई दिएका छन्। राहुल गान्धीले बधाई सन्देशमा लालू यादवसित गहिरो सम्बन्ध दर्शाउँदै खास सन्देश दिएका छन्, जसलाई दूरगामी सन्देश मानिन्दैछ।
राहुल गन्धीले सोशल मीडियामा जन्मदिनको बधाई दिँदै लेखेका छन्, बिहारका पूर्व मुख्यमन्त्री र राजद अध्यक्ष लालू प्रसाद यादवलाई जन्मदिनको धेरै-धेरै शुभकामना। हामीबीचको सम्बन्ध केवल राजनीतिसम्म सीमित छैन, यो एक गहिरो मानवीय सम्बन्ध रहेको छ, जुन समान मूल्यहरू र सामाजिक न्यायको संघर्षमाथि आधारित छ। तपाईको जीवन संघर्षहरूले भरेको छ तर तपाईले सदैव दृढ़ निश्चय र हौसलाको साथ तिनीहरूको आवाज उठाएका छन्, जसलाई प्रायः बेवास्ता गरिन्छ। आज तपाईको जन्मदिनमा म तपाईको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु।
विधानसभा चुनाउ अगाड़ी राहुल र लालू यादवबीच गहिरो सम्बन्धहरूलाई दर्शाउने यो सन्देशलाई खास मानिन्दैछ। यस वर्ष अक्टोबर-नोभेम्बरमा राज्यमा विधानसभा चुनाउ हुनेछ। विधानसभा चुनाउमा कांग्रेस राजदको साथ मैदानमा उत्रिनेछ। दुवै दलबीच छिट्टै नै सीटहरूको विभाजनलाई लिएर चर्चा पनि हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी