जयपुर, 11 जून (हि.स.)। राजस्थानको जयपुर ग्रामीण क्षेत्रको रायसरमा बुधवार बिहान एक भीषण सड़क दुर्घटनामा बेहुली समेत पाँच जनाको मृत्यु भयो। दुर्घटनामा आठ जना गम्भीर रूपमा घाइते भएका छन्। यो दुर्घटना बिहान लगभग 6.10 बजी दौसा-मनोहरपुर राष्ट्रिय राजमार्ग-148 मा रायसर क्षेत्रको भटकाबास गाउँ नजिक भयो, जहाँ एउटा ट्रक र जन्ती सवार जीप (तूफान) आपस्तमा ठोकिए। ठक्कर यति भीषण थियो कि जीप पूर्ण रूपमा क्षतिग्रस्त भयो।
जीपमा सवार सबै जना मध्यप्रदेशको शहडोल जिल्लाको मन्डोली गाउँबाट जन्ती लिएर राजस्थानको झुंझुनू जिल्लाको उदयपुरवाटी फर्किरहेका थिए। दुर्घटनामा बेहुली भारतीय (18) सहित चार जनाको घटनास्थलमै मृत्यु भयो जबकि एकको उपचार भइरहेको समय निम्स अस्पतालमा मृत्यु भयो। घाइते जन्तीहरूलाई तुरन्तै अस्पताल पुऱ्याइयो, जसमध्ये केहीको स्थिति गम्भीर बताइएको छ।
रायसर थानाधिकारी रघुवीरले भने, दुर्घटनापछि राष्ट्रिय राजमार्गमा कोकोहोलो मच्चियो र लामो जाम लाग्यो। पुलिसले घटनास्थलमा पुगेर राहत कार्य शुरू गऱ्यो र घाइतेहरूलाई अस्पताल पुऱ्यायो अनि यातायात सुचारू गरायो। प्रारम्भिक जाँचमा तीव्र रफ्तार र लापरवाहीलाई दुर्घटनाको सम्भावित कारण मानिन्दैछ। मामिलाको गहन जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी