
कोलकाता, 12 जून (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले महेशतला घटनाको एनआईए जाँच गर्नुपर्ने मागलाई लिएर कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएका छन्। शुभेन्दुले मुख्य न्यायाधीशको खण्डपीठमा जनहित याचिका दर्ता गरेका छन्।
महेशतलामा गए बुधवार अपरान्हदेखि दुई गुटमाझ भएको झड़पको कारणले रड़ाँको मच्चिएको छ। पुलिस एवं स्थानीय सूत्र अनुसार पसल राख्ने विषयलाई लिएर दुई पक्षमाझ शुरू भएको विवादले हेर्दा-हेर्दै उग्र रूप धारण गऱ्यो। धेरैवटा घर अनि पसलहरू तोड़फोड़ भयो। पुलिसले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गर्दा भीड़ले पुलिसमाथि ढुङ्गा-मुड़ा गऱ्यो जसमा केही पुलिसकर्मीहरू घाइते भएका छन्। बुधवार अबेर रातीसम्मै क्षेत्रको स्थिति तनाउपूर्ण रह्यो। बिहीवार बिहान पनि क्षेत्रमा पुलिसको गस्ती जारी रह्यो।
यस्तो स्थितिमा राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पुलिस डीजी औ डायमण्ड हार्बरका एसपीलाई पत्र लेखेर महेशतला जाने अनुमति मागेका छन्। उनले भने, महेशतलाको घटनाको विरोधमा उनी राज्यपाल समक्ष पनि जानेछन्।
यस मुद्दालाई लिएर राज्यका विपक्षी नेता शुभेन्दु अधिकारी बुधवार राति नै राज्य पुलिस डीजी राजीव कमारसित भेट्न गएका थिए। तर डीजीसित उनको भेट भएन। यस सन्दर्भमा शुभेन्दु अधिकारीले फेरि एकपटक बंगालमा अर्थात महेशतलामा अर्धसैनिक बललाई तैनाथ गर्ने माग उठाएका छन्। यति मात्र नभएर उनले बिहीवार विधानसभालाई बाधित गर्ने धम्की समेत दिए।
बिहीवार बिहान शुभेन्दुले भने, विधानसभामा स्थगन प्रस्ताव पेश गरिएकोछ। यद प्रस्ताव खारेज भयो भने बाहिर-भित्र दुवैतिर प्रदर्शन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा