
सिलगढ़ी, 12 जून (हि.स)। नक्सलबाड़ी थानाको पुलिसले आग्नेयास्त्र सहित एकजना कुख्यात अपराधीलाई पक्राउ गरेको छ। पक्रा पर्ने अपराधीको पहिचान नक्सलबाड़ीको तोताराम जोत निवासी मोहम्मद सौफिकको रूपमा भएको छ।
पुलिस सूत्र अनुसार गए बुधवार अबेर राती नक्सलबाड़ीको रथखोला रेलगेट संलग्न क्षेत्रमा एकजना व्यक्ति आग्नेयास्त्र सहित घुमिरहेको सूचना पुलिसलाई प्राप्त भयो। सूचना पाउनसाथ नक्सलबाड़ी थानाको पुलिसले अभियान संचालन गरी आरोपी मोहम्मद सौफिकलाई पक्राउ गऱ्यो।
उल्लेखनीय छ, पक्रा पर्ने उपद्रवी सूचीबद्ध अपराधी हो जसमाथि पहिला नै तोताराम जोतकी एकजना महिलालाई आग्नेयास्त्र सहित धम्की दिएको आरोप लागेको थियो। तबदेखि नै भागेको थियो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा