भारत-बंगलादेश सीमावर्ती क्षेत्रबाट 22 जना रोहिंग्या समातिए
भारत-बंगलादेश सीमावर्ती क्षेत्रबाट 22 जना रोहिंग्या समातिए


उत्तर 24 परगना, 13 जून (हि.स.)। जिल्लाको सीमावर्ती क्षेत्रबाट पुलिसले शुक्रवार 22 जना रोहिंग्या अनुप्रवेशकारीहरूलाई पक्राउ गऱ्यो। प्राप्त जानकारी अनुसार यिनीहरूलाई बादुरिया थाना क्षेत्रबाट पक्राउ गरिएको हो। पुलिसको प्रारम्भिक जाँचमा थाहा लागे अनुसार पक्रा पर्ने मानिसहरू सबै बंगलादेश फर्किने दाउमा थिए।

जानकारी अनुसार शुक्रवार उत्तर 24 परगनाको बशिरहाट पुलिस जिल्लाको बादुरिया थाना अधिनस्थ शायस्तानगर (1) ग्राम पञ्चायतको लावंगा गाउँका मानिसहरूले एक निर्माणाधिन घरमा केही अपरिचित मानिसहरूलाई देखेपछि तुरून्तै पुलिसलाई सूचित गरिदिए। पुलिसले घटनास्थलमा पुगेर जाँच गर्दा ती अपरिचितहरू सबै रोहिंग्या रहेको थाहा लाग्यो। पुलिसले सबैलाई पक्राउ गरी बादुरिया थानामा ल्यायो जसमा बाल-बालिकाहरू सामेल छन्।

पुलिसको जाँचबुझमा थाहा लाग्यो, यिनीहरूले हैदराबादमा पेपर कलेक्शनको काम गर्दथे। तर यिनीहरू यहाँ किन आएका हुन् भन्ने कुरा पुलिसले स्पष्ट पार्न सकेको छैन। प्रारम्भिक जाँचपछि पुलिसले अनुमान व्यक्त गरेको छ, पक्रा पर्ने सबै रोहिंग्याहरू बंगलादेश फर्किने तयारीमा थिए। त्यसैले यिनीहरू सीमावर्ती क्षेत्रमा भेला भएका थिए।

भाजपाले लामो समयदेखिकै यो आरोप लगाउँदै आइरहेको छ, राज्य सरकारको निष्क्रियताको फलस्वरूप बंगलादेशी अनि रोहिंग्याहरूले पश्चिम बंगालका सीमाहरूलाई अनुप्रवेशको गल्लीको रूपमा प्रयोग गर्दै आइरहेका छन्। भाजपाको दाबी छ, सत्तारूढ़ तृणमूल कंग्रेस पार्टीको सहयोगमा यी अनुप्रवेशकारीहरूले भारतीय पहिचान पत्र पनि हासिल गरिरहेका छन्। त्यसपछि यिनीहरू देशभरि नै फैलिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande