गुवाहाटी, 13 जून (हि.स.)। राजधानीको वशिष्ठ थाना पुलिसले गुप्त सूचनाको आधारमा अभियान संचालन गर्दै गुवाहाटीको बाहिरी क्षेत्र जोराबाट पुलिस चौकीको नाका चेकिंग प्वोइन्टमा एउटा ट्रकबाट भारी मात्रामा युरिया जफ्त गरेको छ। पुलिसले ट्रक सहित चालकलाई पनि पक्राउ गरेको छ।
असम पुलिस मुख्यालयबाट शुक्रवार प्राप्त जानकारी अनुसार वशिष्ठ थाना पुलिसले एक सूचनाको आधारमा कारबाही गर्दै युरियाले भरिएको एउटा ट्रकलाई जफ्त गरेको छ। पुलिसलाई एएस-28सी-9430 नम्बरधारी ट्रक मार्फत अवैध रूपमा युरिया उर्वरक लगिरहेको इनपुट प्राप्त भएको थियो।
इनपुटमा भनिएको थियो, ट्रक जोराबाटको मार्ग भएक मेघालय तर्फ गइरहेको छ। त्यसपछि वशिष्ठ पुलिसले कारबाही गर्दै जोराबाट नाका चेकिंग प्वोइन्टमा ट्रकलाई रोक्यो अनि चलकसित कागजपत्र माग्यो। तर युरियाको किनबेच अनि परिवहन सम्बन्धि कुनै प्रकाकरको वैध कागजपत्र देखाउन चालक असमर्थ भयो। त्यसपछि पुलिसले भारत युरिया (प्रधानमन्त्री भारतीय जन उर्वरक परियोजना) मार्काको रूपमा चिन्हित 280 ब्याग युरिया उर्वरकले लादिएको ट्रकलाई जफ्त गऱ्यो।
पुलिसले छत्तीस वर्षीय ट्रक चालक शाहिदुल खानलाई पक्राउ गरेको छ जो बरपेटाको सर्थेबारी निवासी रहेको बताइएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी यो पत्तो लगाउने प्रयास गरिरहेको छ, युरियालाई ट्रकको माध्यमबाट कहाँ लगिँदैथ्यो। साथै यस अवैध धन्दामा को-को सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा