कोलकाता, 13 जून (हि.स.)। कुचबिहार ज़िल्लाको हल्दीबाड़ी क्षेत्रमा एकजना बंगलादेशी युवकलाई अवैध रूपमा देशमा अनुप्रवेश गरी जाली पहिचान पत्र बनआएको आरोपमा पक्राउ गरिएकोछ। आरोपी युवकसितै उसको मामालाई पनि पुलिसले हिरासतमा लिएको छ जसले उसलाई भारतीय पहिचान दिलाउनमा सहयोग गरेको थियो। घटनापछि क्षेत्रमा खैलाबैला शुरू भएको छ।
पुलिस अनुसार पक्रा पर्ने आरोपीको नाम रूपम सेन हो जो बंगलादेशको ठाकुरगाउँ जिल्लाका निवासी हु्न्। लगभग पाँच वर्ष अगाड़ि अवैध रूपमा भारतमा अनुप्रवेश गरेका रूपम शुरूमा कुचबिहारको हल्दीबाड़ी क्षेत्रमा देवानगञ्ज ग्राम पञ्चायत अन्तर्गत मदरसा मोड़ क्षेत्रमा बस्ने उमेशचन्द्र सेनको घरमा बसे। भनिन्छ, उमेशचन्द्र उसको मामा हो। तर रूपमले उसलाई आफ्नो पिता बनाएर जाली पहिचान पत्र बनाए।
दुवै आरोपीलाई शुक्रवार अदालतमा पेश गरियो जहाँबाट उनीहरूलाई पाँच दिनको पुलिस रिमाण्डमा पठाइएको छ। पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरहेको छ, रूपमले जाली पहिचान पत्र कसरी बनाए र यसको पछाड़ि को-को सामेल थिए। अधिकारीहरूको मान्यता छ, यो कुनै ठूलो नेटवर्कको भाग हुनसक्छ जसको जाँच अब द्रूत गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा