असमबाट एनडीएका दुवै उम्मेद्वार राज्यसभाको लागि निर्विरोध निर्वाचित
असमबाट एनडीएका दुवै उम्मेद्वार राज्यसभाको लागि निर्विरोध निर्वाचित


गुवाहाटी, 13 जून (हि.स.)। असमबाट राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)-का दुवै उम्मेद्वार क्रमैले भारतीय जनता पार्टीका कणाद पुरकायस्थ र असम गण परिषद (अगप)- का बीरेन्द्र प्रसाद बैश्य राज्यसभाको लागि निर्विरोध निर्वाचित भएका छन्। शुक्रवार यसको पुष्टि त्यसबेला गरियो जतिबेला गए बिहीवार नामांकन दर्ता गराउने अन्तिम तिथिसम्म पनि विपक्षद्वारा नामांकन दर्ता गराइएन।

भाजपाका कणाद पुरकायस्थ औ असम गण परिषद (अगप)- का बीरेन्द्र प्रसाद बैश्यलाई राज्यसभाको लागि निर्विरोध निर्वाचित घोषित गरियो, किनभने विपक्षका उम्मेद्वार नै छैन। दुवै राज्यसभा सीटको लागि आगामी 19 जूनमा मतदान हुनुथ्यो।

कणाद पुरकायस्थ पहिलो पटक राज्यसभा सदस्य बनेका छन्। उनी भाजपाका वरिष्ठ नेता तथा पूर्व केन्द्रिय मन्त्री कबीन्द्र पुरकायस्थका पुत्र हुन् जो सिल्चरसित सम्बन्धित छन्। कणाद पुरकायस्थ हाल भाजपाको राज्य एकाईका सचिव हुन्।

अगपका वरिष्ठ नेता एवं पूर्व केन्द्रिय मन्त्री बैश्य तेस्रो पटक राज्यसभा सदस्य चयन भएका छन्। उनी लोकसभाको सदस्य पनि रहिसकेका छन्। बैश्य अनि भाजपाका रञ्जन दासको कार्यकाल 14 जूनमा समाप्त भएको कारणले असममा दुईवटा राज्यसभा सीटको लागि चुनाउ हुनुथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande