गाईको मासु भेटिएको हनुमान मन्दिरको मुख्यमन्त्रीले गरे भ्रमण
गाईको मासु भेटिएको हनुमान मन्दिरको मुख्यमन्त्रीले गरे भ्रमण


धुबड़ी (असम), 13 जून (हि.स.)। मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले शुक्रवार धुबड़ी जिल्ला शहरको 3 नम्बर वार्डमा बालुचरस्थित हनुमान मन्दिरको भ्रमण गरे। बकरिदको अघिल्लो दिन यस हनुमान मन्दिरबाट संदिग्ध गाईको मासु भेटिएको थियो। त्यसपछिदेखि क्षेत्रमा अशान्ति छाएको थियो।

मुख्यमन्त्रीले उक्त मन्दिरको भ्रमण गर्नका साथै मन्दिर संचालन समितिका सदस्यहरूसित बातचित समेत गरे। मुख्यमन्त्रीले मन्दिरको सुरक्षा अनि क्षेत्रमा कानून व्यवस्थालाई कायम राख्नको लागि जिल्ला आयुक्त अनि जिल्ला पुलिस अधीक्षकलाई आवश्यक कदम उठाउने निर्देश दिए।

मुख्यमन्त्रीले सोशल मीडियामा पोस्ट शेयर गर्दै भने, “मैले धुबड़ीको दौड़ाह गरेँ। यस अवधि मैले कानून प्रवर्तन अधिकारीहरूलाई निर्देश दिएँ, उनीहरूले हाम्रा मन्दिर, नामघर तथा पवित्र स्थानहरूलाई अपवित्र बनाउने तत्वहरूविरूद्ध शून्य सहनशीलतालाई पालन गरून्।”

उनले भने, “शहरको हनुमान मन्दिरमा गाईको मासु फाल्ने घटना कहिल्यै नहुनुपर्थ्यो। यसमा सामेल मानिसहरूलाई छाड़िनेछैन।”

उल्लेखनीय छ, धुबड़ी जिल्ला प्रशासनले यस घटनापछि कानून-व्यवस्थालाई नियन्त्रण गर्नको लागि भारती दण्ड संहिताको धारा 163 (ए) लागू गर्ने निर्णय लिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande