कोलकाता, 13 जून (हि.स.)। राज्यमा शिक्षक नियुक्ति घोटालाको कारणले नोकरी गुमाइसकेका ‘योग्य’ उम्मेद्वारहरूको एक प्रतिनिधिमण्डल शुक्रवार विधानसभा पुगे। यस अवधि प्रतिनिधिमण्डलले विधानसभा स्पीकर बिमान बनद्योपाद्यायसित भेट गरी आफ्नो मागहरू राखे। उनीहरूले पुनः परीक्षा दिन अस्वीकार गर्दै बिना शर्त आफूहरूलाई नियुक्ति गर्नुपर्ने माग गरे।सुप्रीम कोर्टद्वारा वर्ष 2016- को एसएससी प्यानललाई रद्द गरिएपछि राज्य सरकारले गत 30 मईमा नयाँ नियुक्ति प्रक्रियाको अधिसूचना जारी गरेको थियो भने आगामी 16 जूनदेखि फारम वितरणको प्रक्रिया शुरू भइरहेको छ। तीन महिनाभित्रमा नियुक्ति प्रक्रियालाई पूरा गर्ने लक्ष्य राखिएको छ। तर पुरानो ‘योग्य’ उम्मेद्वारहरू यस प्रक्रियामा भाग लिन तयार छैनन्।
‘योग्य’ शिक्षकहरूको भनाइ छ, उनीहरूले एकपटक परीक्षा पास गरिसकेका छन् भने दोस्रो पटक किन परीक्षा दिनु? उनीहरू चाहन्छन्, सरकारले उनीहरूको ओएमआर शीट्सको मिरर इमेज सार्वजनिक गरोस्, योग्य-अयोग्यको स्पष्ट सूची जारी गरोस् अनि नयाँ परीक्षा नदिई उनीहरूलाई बहाल गरियोस्।स्पीकर बिमान बन्द्योपाध्यायले उनीहरूको कुरालाई गम्भीर रूपमा सुने अनि जाँच गर्ने आश्वासन दिए। उनले यो पनि भने, राज्य सरकार सुप्रीम कोर्टको निर्देशलाई पालन गर्दै सबै बर्खास्त शिक्षकहरूकको साथमा छ।
सुप्रीम कोर्टले राज्यमा वर्ष 2016- को एसएससी परीक्षामा भएको ‘संस्थागत भ्रष्टाचार’- को कुरालाई स्वीकार गर्दै लगभग 26 हजार शिक्षण अनि अशिक्षण कर्मचारीहरूको नियुक्तिलाई रद्द गरिदिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा