कोलकाता, 13 जून (हि.स.)। अहमदाबादको मेघानि नगरमा गए बिहीवार भएको भयानक विमान दुर्घटनाले कोलकाता हवाईअड्डा वरपर बसोबास गर्ने हजारौं मानिसहरूलाई चिन्तित पारेको छ। एयर इण्डियाको लण्डनामी विमान बोइंग 787-8ड्रिमलाइनर बी.जे. मेडिकल कलेजको यूजी होस्टलमा दुर्घटनाग्रस्त भयो जसमा पायलट, क्रू मेम्बर्स, सबै यात्री लगायत 242 जना मानिसहरूको मृत्यु भयो। होस्टेलमा बस्दै आएका केही मेडिकल विद्यार्थीहरूको पनि मृत्यु भयो।
यस घटनाको वीभत्स तस्वीर सामु आएपछि कोलकाता एयरपोर्टको रनवेको उत्तर अनि दक्षिण तथा बेस क्षेत्र माइकलनगर, न्यू ब्यारकपुर, बिराटी, गंगानगर, मध्यमग्राम, कैखाली, चिनार पार्क, राजारहाट औन्यू टाउनमाभय व्याप्त भएको छ। यहाँबाट दिनहुँ सयकड़ौं विमानहरू आवासीय क्षेत्र भेर गुज्रिन्छन्।
350 भन्दा अधिक विमानहरू टाउकोमाथिबाट उड़्छन्-
कोलकाता एयर ट्राफिक कन्ट्रोल अनुसार शहरको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाई अड्डाबाट दिनहुँ लगभग 350 विमानहरूले टेक-अफ अनि ल्याण्ड गर्दछन्। रनवेको उत्तर दिशामा माइकल नगर, बिराटी, गंगानगर औ मध्यमग्राम जस्ता क्षेत्रहरू छन् भने दक्षिण दिशामा विमानहरूको आवागमन कैखाली, चिनार पार्क, राजारहाट अनि न्यू टाउनको माथिबाट हुन्छ।
माइकल नगरका सचिन मिस्त्री भन्छन्, पहिला हामीलाई कहिल्यै महसूस भएन कि हामीमाथि कुनै खतरा मड़ारिरहेको छ, तर आज आहमदाबादको घटनालाई हेरेर डर लागिरहेको छ। कुनै दिन हामीसित पनि यस्तै हुनसक्छ।
न्यू ब्यारकपुरकी गृहिणी मिनती पालले भनिन्, हरेक दिन हाम्रो टाउको माथिबाट विशाल विमानहरू गुज्रिन्छन्। यदि कुनै दिन कुनै विमान तकनिकी कारणले हामीमाथि झऱ्यो भने के हुन्छ?
तथापि कतिपय मानिसहरू यसलाई जीवनको एक अनिश्चित पाटो मान्दछन्। बिराटीका सफ्टवेयर इञ्जीनियर सोहम हलदार भन्छन्, दुर्घटना सबै ठाउँ हुनसक्छ। सड़क दुर्घटनाबाट डराएर मानिसहरूले घर छोड़्न थाल्यो भने जिन्दगी नै रोकिन्छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा