जलपाईगुड़ी, 13 जून (हि. स.)। अहमदाबाद विमान दुर्घटनाको कारणले जलपाईगुड़ी रोडदेखि सियालदहसम्म चल्ने नयाँ ट्रेनको उद्घाटन कार्यक्रमलाई रद्द गरिएको छ। तथापि ट्रेनलाई भने रद्द गरिनेछैन। यो ट्रेन निर्धारित समयमा जलपाईगुड़ी रोड स्टेशनदेखि सियालदहसम्म पुग्नेछ।
उल्लेखनीय छ, नर्थ ईस्ट फ्रण्टियर रेलवेले शनिवार अपरान्ह 2 बजे जलपाईगुड़ी रोडदेखि सियालदहसम्म चल्ने नयाँ ट्रेन हमसफर एक्सप्रेसको उद्घाटन गर्ने व्यवस्था गरेको थियो। यसको लागि तयारी पनि गरिँदैथ्यो। तर गए बिहीवार गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनापछि रेलवेले सबै तयारीलाई रद्द गरिदिएको छ।
रेलवेले ट्रेन शुरू हुने अधिसूचना जारी गरिसकेको कारणले ट्रेन शनिवार तय समयमा जलपाईगुड़ी रोडदेखि सियालदह तर्फ प्रस्थान हुनेछ। अलिपुरद्वार रेल मण्डल सूत्र अनुसार गए 12 जूनको राती 8:30 बजेभित्रमा 350 जना यात्रीहरूले 01316 जलपाईगुड़ी रोडदेखि सियालदह हमसफर एक्सप्रेस ट्रेनको बुकिंग गरिसकेका थिए।
अलिपुरद्वार रेल मण्डल सूत्रको दाबी छ, पहिलो दिन यात्रीहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। साप्ताहिक स्पेशल ट्रेनमा 16 वटा थर्ड एसी डब्बा हुनेछ। यसमा दुईवटा स्लीपर क्लास हुनेछ। यो ट्रेन शुरू भयो भने जलपाईगुड़ी लोकसभा क्षेत्रका मेखलीगञ्ज, हल्दीबाड़ी, चंगराबान्धा समेत जलपाईगुड़ी जिल्लाका मानिसहरूलाई कोलकाता जान सहज हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा