नयाँ दिल्ली, 13 जून (हि.स.)। दिल्लीका परिवहन मन्त्री पंकज कुमार सिंहले बताए, पिल्सिने गर्मीमा मानिसहरूलाई राहत पुऱ्याउनको लागि जलदूत स्वयंसेवकहरूले चिसो पानी दिल्ली परिवहन निगनका टर्मिनलहरूमा उपलब्ध गराइरहेका छन्। सो जानकारी परिवहन मन्त्रीले शुक्रवार एक्समा साझा गरे।
उनले पोस्टमा भने, नेहरू प्लेस, हौज खास, सेक्टर 22 रोहिणी, मंगोलपुरी क्यू ब्लक, मेहरौली, उत्तम नगर औ पञ्जाबी बाग जस्ता प्रमुख डीटीसी टर्मिनलहरूमा जलदूत स्वयंसेवकहरूले यात्रीहरूलाई चिसो अनि शुद्ध पानी निःशुल्क उपलब्ध गराइरहेका छन्। यसबाट यात्रीहरूले राहत महसूस गरिरहेका छन्। परिवहन मन्त्रीले बताए, यो व्यवस्था दिल्ली सरकारको हिट एक्शन प्लान-2025 अन्तर्गत गरिएको हो ताकि प्रत्येक यात्रीलाई गर्मीबाट राहत अनि स्वच्छ जल प्राप्त होस्।
उल्लेखनीय छ, परिवहन मन्त्री पंकज कुमार सिंहले गत 20 मईमा नेहरू प्लेस बस टर्मिनलमा जलदूत योजना शुरू गरेका थिए। यस योजना अन्तर्गत दिल्लीका सबै बस टर्मिनलहरूमा स्मार्ट कोल्ड आरओ वाटर डिस्पेन्सर जड़ान गरिएको छ। यसलाई 14 वटा टर्मिनलहरूमा जड़ान गरिँदैछ भने 5 सयभन्दा अधिक बस स्टपहरूा 'जल दूत' स्वयंसेवक तैनाथ गरिँदैछ जसले यात्रीहरूलाई चिसो र सफा पानी उपलब्ध गराउनेछन्।
गर्मीको सबैभन्दा अधिक प्रभाव खुल्लामा काम गर्ने तथा पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्नेहरू हुन्छन्। त्यसैले डीटीसीद्वारा चिसो अनि सफा पानी उपलब्ध गराउन आवश्यक मात्र नभएर पुण्यको काम पनि हो। विशेष रूपमा प्रशिक्षित जलदूत स्वयंसेवकहरूले गर्मीको मौसममा यात्रीहरूलाई सहयोग गरिरहेका छन्। यी जलदूतहरूले पानी मात्र दिँदैनन् जबकि लुदेखि बचाउका उपायहरू बारे पनि बताउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा