नयाँ दिल्ली, 13 जून (हि.स.)। दक्षिण दिल्लीबाट लोकसभा सांसद रामवीर सिंह बिधुड़ीले शुक्रवार गाउं फतेहपुर बेरी भाटीमा महिलाहरूको लागि दिल्ली विश्वविद्यालय अधिनस्थ कलेज स्थापना गर्ने मागलाई लिएर दिल्ली विश्वविद्यालयका कुलपति प्रो.योगेश सिंहलाई पार्लियामेन्ट्री एनेक्सीमा ज्ञापन सु्म्पिए। उनले बताए, संसदी समितिको बैठकमा पनि यस मामिलालाई उठाइयो।
रामवीर सिंह बिधुड़ीले एक्समा पोस्ट गरी बताए, आज दिल्ली विश्वविद्यालयका कुलपति प्रो. योगेश सिंहसित भेट गरी महिला कलेज स्थापना गर्ने माग गरियो। प्रो. योगेश सिंहले यस मामिलामा यथाशीघ्र कारबाही गर्ने आश्वासन दिएका छन्।
उनले बताए, दिल्लीमा पछिल्लो तीस वर्षभित्रमा डीयूको कुनै नयाँ कलेज खोलिएको छैन। भाटी वरपरका क्षेत्रमा पनि कुनै कलेज छैन। दिल्ली सरकारले यहाँ कलेज स्थापना गर्नको लागि जमीन पनि दिसकेको छ। तर कलेज अहिलेसम्म खोलिएको छैन। त्यसैले छात्राहरूलाई बाह्रौं कक्षा उतीर्ण गरेपछि तीन घण्टा लामो यात्रा गरेर कलेज पुग्नुपर्ने अवस्था छ।
बिधुड़ीले भने, यो मामिला लोकसभामा पनि उठिसकेको छ। तर यसमाथि अहिलेसम्म कसैको ध्यान गएको छैन। त्यसैले विश्वविद्यालयका कुलपतिसित भेट गरी ज्ञापन सुम्पिइएको छ ताकि चाँड़ै छात्राहरूको हितमा चाँड़ो काम गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा