चिकित्सकीय लापरवाहीको कारणले रोगीको मृत्यु, तनाउ व्याप्त
चिकित्सकीय लापरवाहीको कारणले रोगीको मृत्यु, तनाउ व्याप्त


सिलगढ़ी, 13 जून (हि. स.)। नक्सलबाड़ी ग्रामीण अस्पतालमा रोगीको मृत्यु भएको मामिलालाई लिएर शुक्रवार माहोल गर्मियो। रोगीका परिवारहरूले अस्पतालका डाक्टरलाई घेरेर प्रदर्शन गरे जसले गर्दा तनाउ व्याप्त भयो। सूचना पाएर नक्सलबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिस अनि ब्लक स्वास्थ्य अधिकारीले अश्वासन दिएपछि प्रदर्शन समाप्त भयो। मृतकको नाम सुबिर लाकड़ा (27) हो भने सुबिर नक्सलबाड़ीको विजयनगर चिया बगान निवासी थिए।

मृतकका भाइ प्रितम लाकड़ाको आरोप छ, गए बिहीवार बिहान ज्वरो जस्तो सामान्य समस्या भएर दाज्युलाई अस्पतालमा भर्ती गरिएको थियो। उचित उपचार नपाएको कारणले उसको मृत्यु भयो।

अर्कोतिर घटनाको तत्काल जाँच अनि उचित कारबाहीको माग गर्दै मृतकको परिवारले प्रदर्शन शुरू गऱ्यो। माहोल तातिएपछि नक्सलबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो। पछि ब्लक स्वास्थ्य अधिकारीले आश्वासन दिएपछि प्रदर्शनलाई समाप्त गरियो। यसबीच मृतककी आमाले सम्पूर्ण घटनाको निम्ति ड्यूटमा तैनाथ चिकित्सकविरूद्ध एक लिखित सिकायत दर्ता गराएकी छन्।

नक्सलबाड़ी ब्लक स्वास्थ्य अधिकारी कुन्तल घोषले भने, घटनाको जाँच गरिँदैछ। पोस्टमर्टमपछि सम्पूर्ण मामिला स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande