सिलगढ़ी, 13 जून (हि. स.)। भक्तिनगर थानाको पुलिसले दुष्कर्मको आरोपमा प्राइभेट ट्युटरलाई पक्राउ गरेको छ। पक्रा पर्ने प्राइभेट ट्युटरको नाम अमर दास हो भने दास सिलगढ़ी नगर निगमको 44 नम्बर वार्डस्थित लक्ष्मी कलोनी निवासी रहेको बताइएको छ।
पीड़ित परिवारको आरोप छ, उनीहरूकी छोरी पाँचौं कक्षादेखि नै अमर दासको घरमा ट्युशन पढ़्न जान्छे। गत सातादेखि अमर दासले बालिकासित अश्लील व्यवहार गरिरहेको थियो। गए बिहीवार ट्युशन पढ़ाएपछि अमर दासले सबै विद्यार्थी नानीहरूलाई छुट्टी दियो, तर हाम्री छोरीलाई भने घरमै राखेर उसित अश्लील कृत्य गऱ्यो। ट्यूटरले बालिकालाई यो कुरा कसैलाई नभन्न भन्यो, तर बालिकाले घरमा आएर आफ्नी आमालाई सबै कुरा बताई। त्यसपछि पीड़ित परिवारको तर्फबाट भक्तिनगर थानामा प्राइभेट ट्युटर अमर दास विरूद्ध मामिला दर्ता गराइयो। सिकायतको आधारमा पुलिसले आरोपी अमर दासलाई गए बिहीवार राति नै पक्राउ गऱ्यो। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा