चोरीका मामिलाहरूमा सामेल आरोपी पक्राउ
चोरीका मामिलाहरूमा सामेल आरोपी पक्राउ


सिलगढ़ी, 13 जून (हि. स.)। फाँसीदेवा थानाको पुलिसले चोरीको मामिलामा सामेल रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान घोषपुकुर संलग्न मोलानीजोत निवासी शान्तो चौधरी (19)-को रूपमा भएको छ।

पुलिस सूत्र अनुसार फाँसीदेवा क्षेत्रका केही मन्दिरहरूबाट सुनको गहना चोरी भएको छ। यस घटनामा शान्तोको हात रहेको छ। पुलिसले लामो समयदेखिकै आरोपीलाई खोजिरहेको थियो। शुक्रवार घोषपुकुर संलग्न कमला चिया बगान क्षेत्रबाट पुलिसले आरोपी शान्तोलाई पक्राउ गऱ्यो। आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरी न्यायशीससित पुलिस रिमाण्डको निम्ति निवेदन गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande