चोरीको आरोपमा युवक पक्राउ
चोरीको आरोपमा युवक पक्राउ


सिलगढ़ी, 13 जून (हि. स.)। माटीगाड़ा थानाको पुलिसले पाँचकेलगुड़ी क्षेत्रमा अवस्थित एउटा घरमा भएको चोरीको मामिलामा एकजना युवकलाई पक्राउ गरेको छ। आरोपी युवकको नाम बापी राय (24) हो।

उल्लेखनीय छ, गत आठ जूनमा सञ्जय ठाकुर सपरिवार बिहार गएका थिए। यसैबेला घरमा चोरी भयो। चोरले ताला भत्काएर अलमारीबाट सुनको गहना चोरेर भाग्यो। सञ्जय ठाकुर घरमा फर्केर आएपछि चोरीको घटनाबारे थाहा पाए। त्यसपछि गए बिहीवार माटीगाड़ा थानामा लिखित सिकायत दर्ता गराइयो। सिकायतको आधारमा पुलिसले कारबाही गर्दै आरोपी बापी रायलाई मात्र 12 घण्टाभित्रमा पक्राु गऱ्यो। आरोपी सिकायतकर्ताको छिमेकी हो। पुलिसले आरोपीको घरबाट चोरीको गहना पनि जफ्त गरेको छ। माटीगाड़ा थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande