विधानसभामा अभूतपूर्व सुरक्षा जाँच, मन्त्रीदेखि विधायकहरूसम्मको वाहनको बोनट अनि डिक्की खोलेर जाँच गरियो
विधानसभामा अभूतपूर्व सुरक्षा जाँच, मन्त्रीदेखि विधायकहरूसम्मको वाहनको बोनट अनि डिक्की खोलेर जाँच गरियो


कोलकाता, 13 जून (हि. स.)। पश्चिम बंगाल विधानसभाका वरिष्ठ विधायकहरूले समेत सम्झिन सकिरहेको छैनन् कि अन्तिम पटक उनीहरूले यस्तो कड़ा सुरक्षा कहिले देखेका थिए। शुक्रवार बिहानदेखिकै विधानसभाको हरेक गेटमा कड़ा सुरक्षा जाँच शुरू भएको छ। सत्ता पक्ष होस् वा विपक्ष, सबैको वाहनलाई गेटमै रोकेर जाँच गरिँदैछ। वाहनको बोनटदेखि लिएर डिक्की, डिक्कीभित्र राखिएको ब्यागसम्म सबैको जाँच गरिँदैछ।

प्रत्यक्षदर्शीहरू अनुसार विधायक, मन्त्री एवं अन्य मानिसहरूको वाहनको जाँच यसरी गरिँदैछ मानौं धम्कीपूर्ण फोन आएको छ। विधायक सौमिक हुसैनको शब्दमा, मैले पहिला कहिल्यै पनि विधानसभाको गेटमा यसप्रकारको खोजी अभियान देखेको थिइनँ। यस खोजी अभियानको कारण स्पष्ट भएको छैन। सूत्र अनुसार यो अभियान स्पीकर बिमान ब्यनर्जीको आदेशमा संचालन गरिँदैछ। कतिपय मानिसहरूको मान्यता छ, नोकरी गुमाउने शिक्षकहरूले विरोध गरिरहेका छन्। उनीहरूले भोलिदेखि पाँंच सूत्रीय मागलाई लिएर भोक हड़ताल गरिरहेका छन्। यसै कारणले विधानसभामा यस्तो कड़ा सुरक्षा प्रबन्ध गरिएको हुनसक्छ।

सूत्र अनुसार बेरोजगार शिक्षकहरूको एक प्रतिनिधिमण्डल शुक्रवार अपरान्ह स्पीकरसित भेट गर्न चाहन्थ्यो। स्पीकरले समय पनि दिसकेको समाचार छ। त्यसैले सुरक्षा प्रबन्धलाई यस्तो कड़ा बनाएको कतिपय मानिसहरूको मान्यता छ। केही भाजपा विधायकहरूले विधानसभाभित्र कड़ा सुरक्षामाथि टिप्पणी गर्दै भनिरहेका छन्, सायद यो एउटा उपाय हो ताकि हामी तुलसीको बोट बोकेर विधानसभामा प्रवेश गर्न नसकोस्।

यद्यपि यो समाचार लेखुञ्जेलसम्म यस कड़ा सुरक्षा जाँचको कारण स्पष्ट हुन सकेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande