डोनेशन दिएर डमी शिक्षकहरूद्वारा संचालन गराइँदैछ कक्षा, शिक्षिकाले घरमा बसेर लिरहेकी छन् तनखा
डोनेशन दिएर डमी शिक्षकहरूद्वारा संचालन गराइँदैछ कक्षा, शिक्षिकाले घरमा बसेर लिरहेकी छन् तनखा


जिल्ला निरीक्षकले मागे रिपोर्ट

पूर्व मेदिनीपुर, 13 जून (हि. स.)। नचिंदा जीवनकृष्ण हाई स्कूलमा डमी शिक्षकहरूद्वारा कक्षाहरू संचालन गरिएको घटनालाई लिएर जिल्ला विद्यालय निरीक्षक (माध्यमिक) कार्यालयमा कोकोहोलो मच्चिएको छ। गए बिहीवार जिल्ला विद्यालय निरीक्षक पलाश रायले घटनाको सम्बन्धमा कांथी अतिरिक्त जिल्ला विद्यालय निरीक्षक (माध्यमिक)-सित रिपोर्ट मागेका छन्। उनलाई एक स्थानीय समाचार-पत्रमा प्रकाशित खबरको प्रति पठाएर रिपोर्ट दिन भनिएको छ। पलाश रायले भने, स्कूलको भ्रमण गरी रिपोर्ट सुम्पिइनेछ।

उल्लेखनीय छ, नचिंदा जीवनकृष्ण हाई स्कूलकी अंग्रेजी शिक्षिका मौमिता माइति जाना विगत लामो समयदेखिकै स्कूल गएकी छैनन्। उनको घर भुपति नगर थाना अन्तर्गत मुगबेरियामा छ। उनका पति रवीन्द्रनाथ जाना भगवानपुर (2) ब्लकका स्वास्थ्य पदाधिकारी (बीएमओएच)-को पदमा कार्यरत छन्। त्यसै पैसाबाट स्कूलले पाँच जना कन्ट्र्याक्चुअल शिक्षकहरूलाई राखेको छ। सबैलाई पाँच-पाँच हजार रुपियाँ मानदेय दिइन्छ। यसरी एक जना शिक्षकको अनुपस्थितामा पाँच जना डमी शिक्षकहरूलाई राखेर स्कूल संचालन गरिँदैछ। ती शिक्षकलाई पनि वेतन प्राप्त गर्नमा कुनै समस्या भएको छैन। स्कूल प्रबन्धन समितिले सम्पूर्ण मामिलालाई स्वीकार गरेको छ। प्रति महिना स्कूललाई मोटो रकम दिएर दिन-प्रतिदिन स्कूल नजानु नियमको विरोधमा छ। स्कूल प्रबन्धन समिति तथा स्कूलका अधिकारीहरूले यस अवैध कृत्यलाई प्रेरित गरिरहेका छन्।

प्राप्त जानकारी अनुसार प्रबन्धन समितिको एक वर्गले शुरूमा यस अनियमिततासित सम्झौता नगर्ने सल्लाह दिएको थियो। तर प्रबन्धन समितिका अध्यक्ष सहित अर्को वर्गले यसलाई स्वीकार गरेन जस कारण केही दिनदेखिको अंग्रेजी शिक्षकलाई 40 हजार रुपियाँ प्रति महिनाको सट्टामा लाभ दिइँदैछ।

यसपूर्व चण्डीपुर ब्लकको भगवानपुर प्राथमिक विद्यालयमा पनि डमी शिक्षक राखेको यस्तै मामिला सामू आएको थियो। तृणमूल कंग्रेसका जिल्ला परिषद सदस्य उक्त स्कूलका शिक्षक हुन्। आफू स्कूल जानको सट्टा उनले आफ्नो भाइकी पत्नीबाट कक्षाहरू संचालन गराउँथे। मीडियामा घटना सामु आएपछि जिल्ला विद्यालय निरीक्षक (प्राथमिक)-ले जिल्ला परिषद सदस्यलाई बोलाए अनि डमी शिक्षकलाई स्कूल आउनदेखि रोक लगाइदिए।

भगवानपुर (2)- का ब्लक स्वास्थ्य अधिकारी रवीन्द्रनाथ जानाले भने, उनकी पत्नी मानसिक रोगद्वारा ग्रस्त छन्। उनको कांथीमा मनोचिकित्सकबाट उपचार भइरहेको छ। त्यसैले उनको लागि स्कूलमा गएर कक्षा संचालन गर्नु सम्भव छैन। यस स्थितिमाथि स्कूलका अधिकारी अनि प्रबन्धन समितिसित चर्चा गरिएपछि हरेक महिना 40 हजार रुपियाँ भुक्तान गर्दै आइरहेको छु। मैले उनीहरूसित अनुबन्धमा शिक्षकहरू राख्ने आग्रह गरेको छु ताकि पढ़ाईमा कुनै व्यवधान नहोस्। मैले उनीहरूसित भनेको छु, यदि अधिक शिक्षकहरूको आवश्यकता परे सहयोग गर्नेछु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande