घैयाबारी अस्पतालमा डाक्टरको समस्यालाई लिएर सभासदद्वयले विभागीय कार्यकारी निर्देशकसॅंग भेट गरे
घैयाबारी अस्पतालमा डाक्टरको समस्यालाई लिएर सभासदद्वयले विभागीय कार्यकारी निर्देशकसॅंग भेट गरे


खरसाङ, 13 जून (हि.स.)। तीनधारे महानदी समष्टिको घैयाबारी अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) मा डाक्टर नभएको गुनासो विषयलाई लिएर जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पा र तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले आज दार्जिलिङको लालकोठीमा स्वास्थ्य विभागकाे कार्यकारी निर्देशक सामदेन डुक्पासॅंग भेट गरे।

घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएकापछि जनताले झेल्नु परिरहेको समस्याको समाधानको लागि सभासदद्वय लालकोठी पुगेर स्वास्थ्य विभागकाे कार्यकारी निर्देशकसॅंग भेट गरेर चर्चा गरेको जानकारी प्राप्त भएको छ। उक्त भेटमा विभागीय निर्देशकले केही दिनमा नै समस्याको समाधान गरिने आश्वासन दिएको थाहा लागेको छ।

घैयाबारी अस्पतालका डाक्टर वर्तमानमा उच्च शिक्षाको लागि परीक्षा दिन छुट्टीमा गएकाले समस्या भएको हो। यसका साथै अहिलेसम्म कसैले पनि लिखित गुनासो नगरेको पनि उनले जानकारी गराएका छन्। उनले घैयाबारी अस्पतालमा डाक्टरको समस्या केही दिनमै समाधान हुने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande