गान्तोक, 13 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज नयॉं दिल्लीमा देशका उपराष्ट्रपति जगदीप धनखड़ र रक्षामन्त्री राजनाथ सिंहसॅंग शिष्टाचार भेट गरेका छन्।
यस महत्वपूर्ण बैठकमा राज्यपालले उपराष्ट्रपतिलाई सिक्किममा चलिरहेका विभिन्न विकासात्मक पहलहरूको बारेमा विस्तृत जानकारी दिए। यसैगरी, उनले राज्यको प्रगतिसॅंग सम्बन्धित विषयहरूमाथि पनि चर्चा गरे।
यसैगरी, राज्यपालले आज रक्षामन्त्री राजनाथ सिंहसॅंग पनि नयॉं दिल्लीमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा सामरिक महत्वका विषयहरूमाथि विस्तृत चर्चा गरियो, जसमा सिक्किमका सीमावर्ती क्षेत्रहरूमा सतत विकास र राष्ट्रिय सुरक्षासित सम्बन्धित मुद्दाहरू सामेल थिए।
यस अतिरिक्त, राज्यपाल माथुर र रक्षामन्त्रीले हालैमा मंगन जिल्लामा आएको प्राकृतिक आपदाको विषयमा पनि चर्चा गरेको जानकारी राजभवनले विज्ञप्तिमा जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल