सोनादा, 13 जून (हि.स.)। रबिना गुरुङ सहयोगी समूहले बिमारी रबिना गुरुङ प्रधानलाई सहयोग गरिदिन निवेदन गरेको छ। नीज गाउँ, ओक्स चियाकमान, निम्न सोनादा- 2 ग्राम पञ्चायत, सोनादा, दार्जिलिङ निवासी रबिना गुरुङ प्रधान (पति सुबेन्द्र प्रधान) उमेर 39 वर्ष विगत केही समयदेखि लिभर रोगले ग्रसित छिन् र उनको उपचार लामो समयदेखि अस्पतालमा चलिरहेको छ।
हाल उनलाई डाक्टरहरुले लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने परामर्श दिएका छन्, जसको निम्ति 30 लाख (तीस लाख) रुपियाँ खर्च आउने बताइएको छ। बिरामी परिवारको आर्थिक स्थिति कमजोर भएकाले सबैलाई यथाशक्ति आर्थिक सहयोग प्रदान गरी बिरामीलाई जीवनदान दिन समूहले आह्वान गरेको छ।
रबिना गुरुङ सहयोगी समूह, नव युवक संगठन, ओक्स नीज गाउँ, सोनादाले यी नम्बरहरू 07699237205 (जेके राई) 08967879054 (चन्दन लकान्द्री) मा सम्पर्क गरेर सहयोग गरिदिन निवेदन गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक