मंगन, 13 जून (हि.स.)। मंगन जिल्लाको टुङ नागा जीपीयूका विस्थापित परिवारहरूको पुनर्वासलाई लिएर एसडीएम चुङथाङको टीमले प्रारम्भिक सर्वेक्षण गरेको छ। सर्वेक्षण टोलीमा एसडीएम अरुण छेत्री, मंगनका बीडीओ कैलाश थापा, पूर्व अध्यक्ष निम छिरिङ लेप्चा, टाउन प्लानर पेन्जाङ दोर्जी लेप्चा लगायत अन्यहरू सामेल थिए।
पुनर्वासको लागि छुट्याइएको जग्गा योजनाकारहरूले सर्वेक्षण गरे र सीमाङ्कन गरे। सर्वेक्षण टोलीले पुनर्वास प्रक्रियाको अर्को चरणमा केही विशेषज्ञ सर्वेक्षकहरूद्वारा जग्गाको विस्तृत रूपरेखा र स्थलाकृतिक सर्वेक्षण गर्ने निर्णय लिएको छ। टोलीले सर्वेक्षणपछि मंगन जिल्लाका जिल्लापाललाई प्रारम्भिक सर्वेक्षणबारे जानकारी गराएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल