जलपाईगुड़ी-सियालदह हमसफर एक्सप्रेस ट्रेनको शुभारम्भ, यात्रीहरूमा हर्ष व्याप्त
जलपाईगुड़ी-सियालदह हमसफर एक्सप्रेस ट्रेनको शुभारम्भ, यात्रीहरूमा हर्ष व्याप्त


जलपाईगुड़ी, 14 जून (हि.स)। सियालदह हमसफर एक्सप्रेस ट्रेन शनिवारदेखि शुरू भएको छ। हमसफल एक्सप्रेस अपरान्ह 2 बजे जलपाईगुड़ी रोडदेखि प्रस्थान भयो। नयाँ ट्रेन पाएर उत्तर बंगालका यात्रीहरू हर्षित भएका छन्। जलपाईगुड़ीका सांसद जयन्त राय र रेलवेका अधिकारीहरूले जलपाईगुड़ी रोडबाट उक्त ट्रेनको आधिकारिक उद्घाटन गरे।

यस सम्बन्धमा पूर्वोत्तर सीमान्त रेलवेका जनस्पर्क अधिकारी कपिञ्जल शर्माले बताए, जलपाईगुड़ी-सियालदह हमसफर एक्सप्रेस ट्रेनको आधिकारिक उद्घाटन शनिवार भएको छ। यो ट्रेन शनिवार अपरान्ह 2 बजे जलपाईगुड़ी रोडदेखि प्रस्थान भएको छ। आइतवार बिहान 4 बजेभित्रमा ट्रेन सियालदह पुग्नेछ। आगामी 20 जूनदेखि यो ट्रेन पूर्ण गतिले चल्नेछ। ट्रेनमा 22 वटा कोट छ।

प्राप्त जानकारी अनुसार यो ट्रेन जलपाईगुड़ी रोडबाट प्रस्थान भएर एनजेपी, अलुआबारी रोड, किशनगञ्ज, बारसोई जंक्शन, समसी, मालदा टाउन, न्यू फरक्का, जंगीपुर रोड, अजिमगञ्ज जंक्शन, बेरहामपुर कोर्ट, कृष्णानगर सिटी जंक्शन, राणाघाट र नैहाटी स्टेशनमा रोकिएपछि बिहान 4 बजे सियालदह पुग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande