अहमदाबाद, 14 जून (हि.स.)। दुर्घटनाको तेस्रो दिन शनिवार बिहान दुर्घटनाग्रस्त विमानको पछिल्लो हिस्साबाट एक एयर होस्टेसको शव भेटिएको छ। दुर्घटनाग्रस्त विमान जुन होस्टलको छप्परसित ठोकियो, दुर्घटनाको समय त्यहाँ उपस्थित चार एमबीबीएस छात्रको मृत्युको पुष्टि पनि भएको छ। दुर्घटनाका शिकार मानिसहरूको शवहरूको पहिचानपछि पजिनहरूलाई सुम्पिने प्रक्रिया शुरू गरिएको छ। शवहरूको पहिचानको निम्ति परिजनहरूबाट डीएनए सेम्पल लिइने प्रक्रियामा पनि तीव्रता आएको छ।
विमान दुर्घटना स्थलमा राहत कार्य तेस्रो दिन पनि जारी छ। यसको निम्ति भारी संख्यामा राहतकर्मीहरूको टीमहरूले घटनास्थलमा लगातार काम गरिरहेका छन्। यस अवधि आज बिहान अहमदाबाद फायर ब्रिगेडको टीमले बचाउ उपकरणरूको मद्दतले क्षतिग्रस्त विमानको पछिल्लो हिस्साको अवशेष काँटेर एक युवतीको शव निकाल्यो, जो एयर होस्टेस हुनस्ने अनुमान छ। होस्टलको छप्परमा क्षतिग्रस्त विमानको हिस्सा झर्दा त्यस समय त्यहाँ उपस्थित चार एमबीबीएस छात्रहरूको मृत्युको पुष्टि भएको छ।
दुर्घटनाका शिकार भएका यात्रीहरूको शवहरूको पहिचान र शवहरूलाई सम्बन्धित परिजनहरूलाई सुम्पिने प्रक्रिया आजदेखि शुरू गरिएको छ। अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउनेहरूमा 270 शवको पोस्टमार्टम भइसकेको छ। आठ शवको पहिचानपछि शव उसका परिजनहरूलाई सुम्पियो।
परिजनहरूलाई शव सुम्पिनुलाई लिएर व्यापक तयारीहरू गरिएको छ। यसको निम्ति राज्यका विभिन्न जिल्लाहरूबाट शव वाहन, एम्बुलेन्स र आईसीयू अन व्हील्स मगाइएको छ। सिविल अस्पतालमा 192 एम्बुलेन्स र शव वाहन स्ट्याण्डबायमा छ र यसका चालकहरूलाई अलर्ट रहने निर्देश दिइएको छ।
शव लिन पोस्टमार्टम भवन आउने परिजनहरूलाई त्यही मृत्यु प्रमाणपत्र पनि दिँदैछ। अहमदाबाद नगर निगमको जन्म एवं मृत्यु विभागका अधिकारीहरूले पोस्टमार्टम भवनमै सबै व्यवस्था गरेका छन्। जसको शव लगिँदैछ, उनीहरूको मृत्यु प्रमाणपत्र तुरन्तै दिँदैछ।
गुजरातका गृह राज्य मन्त्री हर्ष संघवीले भने, डीएनए नमूना लिइने प्रक्रिया लगातार चलिरहेको छ र फोरेन्सिक विशेषज्ञले तीन दिनदेखि लगातार काम गरिरहेका छन्। नेशनल फोरेन्सिक यूनिवर्सिटीमा पनि दिन-रात काम चलिरहेको छ। प्रक्रिया छिटोभन्दा छिटो पूरा गरिने प्रयास छ।
हिन्दुस्थान समाचार / भवानी थामी