नयाँ दिल्ली, 14 जून (हि.स.)। भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला र तीन अन्यलाई लिएऱ अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको निम्ति बहुप्रतीक्षित एक्सिओम-4 वाणिज्यिक मिशन अब 19 जूनमा लाञ्च हुनेछ। यो मिशन भारतको निम्ति गर्वको क्षण हुनेछ किनभने शुभांशु शुक्ला, राकेश शर्मापछि दोस्रो भारतीय हुनेछन्, जसले इन्टरनेशनल स्पेस स्टेशनमा पाइला राख्नेछन्। यस अघि शुभांशुको एक्सिओम-4 मिशन धेरै पल्ट स्थगित भइसकेको छ।
केन्द्रिय विज्ञान एवं प्रौद्योगिकी राज्यमन्त्री (स्वतन्त्र प्रभार) डा. जितेन्द्र सिंहले शनिवार एक्स पोस्टमा भनेका छन्, एक्सिओम-4 मिशनको लाञ्जिङको तारिक अब 19 जूनको निम्ति पुनर्निर्धारित गरिएको छ। स्पेस एक्स टीमले पुष्टि गऱ्यो कि लाञ्चिङलाई पहिले स्थगित गर्ने सबै मुद्दाहरूको उचित समाधान गरिएको छ।
यो मिशनले 19 जूनमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट फाल्कन-9 रकेटमा उड़ान भर्नेछ। यो मिशन भारतको मानव अन्तरिक्ष उड़ान कार्यक्रमको निम्ति एक महत्वपूर्ण माइलखुट्टी हो, जसमा भारतीय वायुसेनाका ग्रुप क्याप्टन एवं अन्तरिक्ष यात्री शुभांशु शुक्ला अन्तरराष्ट्रिय दलमा सामेल छन्।
उल्लेख्य, एक्सिओम-4 मिशनलाई 11 जून साझँको समय लाञ्च गरिनुथियो तर तकनीकी खराबीको कारण यसलाई रोक्नु परेको थियो। यस अगाड़ी यो मिशन 29 मई, 08 जून र 10 जूनमा पनि कुनै न कुनै कारणले गर्दा स्थगित भइसकेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी