कोलकाता, 14 जून (हि.स.)। अहमदाबादमा बिहिवार भएको एयर इण्डिया विमान दुर्घटनाले पूरा देशलाई हल्लाएर राखेको छ। यस दुःखद घटनामा विमानमा सवार यात्रीहरू, चालक दलका सदस्यहरू सहित दुर्घटनास्थलका वरपर उपस्थित धेरै जनाको मृत्यु भयो। यस त्रासदीबीच भारतीय जीवन बीमा निगम (एलआईसी) ले पीड़ित परिवारहरूलाई राहत पुऱ्याउनका लागि एक मानवीय पहल गरेको छ। निगमले दुर्घटनामा ज्यान गुमाउने एलआईसी पोलिसीधारकहरूका दाबीको निस्तारणमा धेरै विशेष छूटको घोषणा गरेको छ।
एलआईसीले आफ्नो आधिकारिक बयानमा दुर्घटनामा गहिरो शोक व्यक्त गर्दै भनेको छ, मृतकहरूका परिजनहरूको दाबीको प्रक्रियामा अब सामान्य नियमहरूको जटिलताहरू झेल्नुपर्नेछैन। विशेष रूपमा यस मामिलामा मृत्यु प्रमाणपत्रको आवश्यकता पर्नेछैन। यसको स्थानमा यदि सरकारी रेकर्डमा मृत्यु दर्ता छ, केन्द्र वा राज्य सरकार अथवा सम्बन्धित एयरलाइन प्राधिकरणद्वारा क्षतिपूर्ति दिइएको छ भने त्यसलाई मृत्युको प्रमाणको रूपमा स्वीकार गरिनेछ।
बीमा निगमले यो पनि स्पष्ट गरेको छ कि बीमा निगम पीड़ित परिवारहरूको साथ पूरा संवेदनशीलता र मानवीय दृष्टिकोणको साथ खड़ा छ। दाबीहरूको निस्तारणको प्रक्रियालाई तीव्र गरिनेछ ताकि शोक संतप्त परिवारहरूलाई समय रहँदै आर्थिक राहत प्रदान गर्न सकियोस्।
एलआईसीको तर्फबाट भनिएको छ, संस्थाले स्वयं पनि प्रभावित परिवारहरूसित सम्पर्क स्थापित गर्नेछ ताकि उनीहरूलाई कुनै प्रकारको असुविधा नहोस् र दाबी शीघ्रताले निस्तारण हुनसकोस्। यसको निम्ति एक विशेष हेल्पलाइन नम्बर पनि जारी गरिएको छ। परिजन वा दावेदारले कुनैपनि सहायता वा जानकारी निम्ति एलआईसीको कल सेन्टर नम्बर 022-68276827 मा सम्पर्क गर्नसक्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी