लखनऊ, 14 जून (हि.स.)। उत्तर प्रदेश पुलिसमा कन्स्टेबल नागरिक पुलिसको 60,244 पदमा चयनित अभ्यर्थीहरूलाई 15 जूनमा नियुक्ति पत्र वितरण गरिनेछ। डिफेन्स एक्सपो ग्राउण्डमा आयोजित समारोहमा मुख्य अतिथि केन्द्रिय गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित रहनेछन्। यसको निम्ति तयारीहरू धूमधामले चलिरहेको छ। पुलिस महानिदेशक राजीव कृष्णले शनिवार डिफेन्स एक्सपो ग्राउण्ड पुगेर कार्यक्रम स्थलको निरीक्षण गरे।
पुलिस महानिदेशक राजीव कृष्णले पत्रकारहरूलाई बताए, डिफेन्स एक्सपो ग्राउण्डमा नवचयनित पुलिस कन्स्टेबलको नियुक्ति पत्र वितरण समारोहको भव्य तयारीहरू चलिरहेको छ। चयनित अभ्यर्तीहरूमा पुरूष र महिला सामेल छन्। हरेक जिल्लाको कुना-कुनाबाट चयनित अभ्यर्थी लखनऊ पुग्नेछन्। यसको निम्ति जिल्लाबाट परिवहनको समुचित व्यवस्था पनि गरिएको छ। उनीहरू बस्ने, खाने र गर्मीलाई मध्यनजर राखेर सबै व्यवस्थाहरू गरिएको छ। यस आयोजनलाई सफल तुल्याउने उद्देश्यले सबै विभागका अधिकारीहरूले आफ्नो भागीदारी निभाइरहेका छन्।
डीजीपील भने, यस परीक्षालाई पारदर्शिताले गराउनु पुलिसको निम्ति चुनौतीपूर्ण कार्य थियो। यस परीक्षा अगाड़ी तमाम परीक्षाहरू भएका थिए, जसमाथि धेरै प्रश्न उठेको थियो। विभागीय अधिकारीहरूलाई यसलाई चुनौतीको रूपमा लिए औं परीक्षालाई सफल बनाउनमा अहम भूमिका निभाएका छन्। चयनित अभ्यर्थीहरूलाई भोली नियुक्ति पत्र दिइनेछ।
उल्लेख्य, यूपी पुलिस भर्ती बोर्डले 13 मार्च 2025 मा आरक्षी नागरिक पुलिसको 60244 पदको अन्तिम परिणाम घोषित गरेको थियो। 48,17,441 ले अनलाइन आवेदन गरेका थिए। परीक्षा पास गर्नेहरूमा 12048 महिला अभ्यर्थी पनि सामेल छन्। विभागको तर्फबाट जारी कार्यक्रम अनुसार, चयनित अभ्यर्थीहरूलाई 17 जूनदेखि जिल्लामा एक महिनाको प्रशिक्षण दिइनेछ। यसपछि 9 महिनाको प्रशिक्षण शुरू हुनेछ, जसमा अभ्यर्थीहरूलाई फोरेन्सिक साइन्स, साइबर क्राइम, 39 कानूनहरूबारे प्रशिक्षित गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी