
दरंग (असम), 15 जून (हि.स.)। दरंग जिल्ला मुख्यालय शहर मंगलदैमा एक दुःखदायी घटनामा एक जना व्यक्तिको मृत्यु भएको छ। मंगलदै सदर पुलिसले आज बताएको छ, मंगलदैको मोवामारीमा गए शनिवार अबेर साँझ चट्याङ्गको चपेटमा परी एक जना व्यक्तिको मृत्यु भयो जसको पहिचान गोविन्द सरकारको रूपमा भएको छ। यस घटनामा गोविन्द सरककारकी छोरी अनामिका सरकार पनि गम्भीर रूपमा घाइते भएकी छन्।
जानकारी अनुसार गोविन्द सरकारले खेतमा काम गरिरहेका थिए। उनकी छोरी अनामिकाले पनि उनलाई सहयोग गरिरहेकी थिइन्। घाइते अनामिका सरकारलाई मंगलदैको सरकारी अस्पतालमा भर्ती गरिएको छ। पछि उन्नत उपचारको निम्ति अनामिकालाई गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा रेफर गरिएको छ। अर्कोतिर गोविन्द सरकारको शवलाई पोस्टमर्टम गर्नको लागि मंगलदै जिल्ला अस्पतालमा लगियो। भनिन्छ, पोस्टमर्टमपछि आज शवलाई परिवारकहाँ सुम्पिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा