वर्षामा करेन्ट लागेर दुईजनाको दुःखदायी मृत्यु
वर्षामा करेन्ट लागेर दुईजनाको दुःखदायी मृत्यु


नयाँ दिल्ली, 15 जून (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको आरके पुरम क्षेत्रमा आइतवार बिहान वर्षापछि एक पीड़ादायी घटना घट्यो। यस घटनामा दुईजना मानिसहरूको करेन्ट लागेर मृत्यु भयो। जानकारी अनुसार यो दुर्घटना भोर बिहान लगभग 4:30 बजे आरके. पुरम सेक्टर-1 को विवेकानन्द मार् स्थित फायर स्टेशन नजिक भएको हो।

पुलिसलाई पीसीआर कल प्राप्त भयो, एउटा रूख ढलेर दुईजना मानिसहरूलाई करेन्ट लागेको छ। सूचना पाउनसाथ थाना आरके. पुरमका एसएचओ रवीन्द्र त्यागी दलबल सहित घटनास्थलमा पुगे। घटनास्थलमा उपस्थित कलर सुनिल

(45)-ले बताए, उनका दुईजना कर्मचारीहरू रवीन्द्र (35) र भरत (25)- को मृत्यु भएको छ। दुव मधुबनी बिहारका निवासी थिए। यी दुई सदा जस्तै राती ढाबा बाहिर सुतिरहेका थिए। नजफगढ़ निवासी सुनिलको विवेकानन्द मार्गस्थित एक एमसीडीको कोठाभित्र ढाबा छ।

पुलिस अनुसार राती घना वर्षा अनि तूफानको कारणले रूख ढाबामाथि ढल्यो जसबाट बिजुलीको तार चुँड़िएर ढाबा नजिक करेन्ट फैलियो। दुवै कर्मचारी र एउटा भुस्याह कुकुर करेन्टको चपेटमा परेर अचेत भए।

घटनाको सूचना पाएर दमकलको टीम र बीएसईएसको टीमले घटनास्थलमा पुगेर बचाउ कार्य शुरू गऱ्यो। घाइतेहरूलाई एम्स ट्रामा सेन्टरमा लगियो जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरिदिए।

घटनास्थलमा फोरेन्सिक टीम र बीएसईएसको निरीक्षकले पनि निरीक्षण गऱ्यो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। प्रथम दृष्टया यो दुर्घटना रूख ढलेर बिजुलीको तार चुँड़िएको कारणले भएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande