
हुगली, 16 जून (हि.स.)। सप्ताहको पहिलो दिन अर्थात सोमवार आरामबागमा बसहरूलाई लिएर अनिश्चितता कायम छ। बस मालिकहरूको संगठनले सोमवार बिहान 7 बजीदेखि अनिश्चितकालीन बस हड़ताल डाकेको छ जसले गर्दा यात्रीहरूलाई समस्या भइरहेको छ।उनीहरूलाई आफ्नो काममा जानका लागि अतिरिक्त पैसा खर्च गर्न परिरहेको छ। बसको रूटमा टटो-अटो चलेको कारणले भइरहेको नोक्सान सहित अन्य मागहरूलाई लिएर बस मालिकहरूले हड़ताल गरेका छन्। बस मालिक संगठनको पक्षबाट बताइए अनुसार जबसम्म बसको रूटमा टोटो-अटोको अवैध आवागमन बन्द हुँदैन, तबसम्म हड़ताल जारी रहनेछ। यस हड़तालको कारणले जन-जीवन प्रभावित भएको छ।
हरेक दिन दक्षिण बंगालका बाँकुड़ा, पुरुलिया, बर्दवान, पूर्व मेदिनीपुर औ पश्चिम मेदिनीपुरबाट कोलकाता लोकल र एक्सप्रेस बसहरू लगायत लगभग 5 सय बसहरू आरामबाग बसअड्डामा भेला हुन्थे। तर सोमवार बिहान यो बसअड्डा सुनसान रह्यो। फलस्वरूप कार्यालय जाने एक मात्र विकल्प भत्किएको रूटमा टोटो-अटो नै थियो।
हड़तालको बारेमा आरामबाग बस-मिनी बस वेलफेयर एसोसिएशनका अध्यक्ष बैद्यनाथ नन्दीले भने, हामीले एक महिना अगाड़ी प्रशासनलाई यस हड़तालको बारेमा सूचित गरेका थियौं। जिल्लामा एउटा बैठक पनि सम्पन्न गरिएको थियो। हामीले जिल्ला म्याजिस्ट्रेटलाई एउटा पत्र सुम्पिएका थियौं। हामी जनतासित माफी माग्छौं। तर हाम्रो समस्या बढ़्दो छ। हुगलीमा एक समयमा 17 सयवटा बसहरू थिए भने आज त्यो घटेर 5 सय मात्र रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा