अनित थापाले खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्माको भावी पढाईको जिम्मेवारी लिए
Anit thapa


खरसाङ, 17 जून (हि.स.)। खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्मालाई पढाउने जिम्मेवारी जीटीए प्रमुख अनित थापाले लिएका छन्। उनले भने, खरसाङ महकुमाकै माध्यमिक टपर आवर्तन शर्माले प्रमाण गरिदिएको छ कि पढ्नको निम्ति ठूलो विद्यालय हुनुपर्छ भन्ने छैन र पढ्नेलाई सबै ठाउँ एउटै हो।

जीटीए प्रमुख अनित थापाले भने, आवर्तन शर्माको अबउसो पढाईको जिम्मेवारी म लिनेछु। उसले जति पनि पढ्नेछ त्यसको सबै जिम्मेवारी म लिन्छु। नानीहरूको निम्ति आजको सम्मान एउटा ठूलो ऊर्जा हो। विद्यार्थीहरूको काम पढ्ने मात्र हो। फोकस भएर पढ्नुहोस्। समयको सदुपयोग गर्नुहोस्। यसको फल राम्रो पाउनु हुनेछ।'

थापाले अघि भने, 'हाम्रो समाजमा विद्यार्थीहरूको निम्ति काउन्सिलिङ क्लास पनि राख्नुपर्छ। बाह्रौं कक्षा पढेपछि के पढ्नुपर्छ त्यो जानकारी दिनु पर्छ। हामीले हाम्रो मातृ भाषामा पठन पाठन गर्नु राम्रो हो। एआई जस्तो तक्निकीले हामीलाई सजिलो बाटो त दिएको छ, तर नयाँ तक्निकीले हाम्रो मस्तिष्कलाई नै बोदो बनाइदिएको छ।'

उनके भने, शिक्षाले हामीलाई हाम्रो चिन्हारी पनि दिलाउँछ। हामीले पहाडमा शान्तिपूर्ण वातावरण स्थापना गरिदिएका छौं। हाम्रा नानीहरू शिक्षाको बाटोमा हिँडिरहेका छन्। हामीले शिक्षामाथि राम्रो लगानी गर्यौ भने यसको फल राम्रो पाउनेछौँ। म समस्या देखाउनु राजनीति गर्दिन। म समाधानको गोरेटो खोज्ने राजनीति गर्छु। मेरो समयमा नै शिक्षकहरुको समस्याको समाधान गर्नेछु। हाम्रो काम सजिलो छैन। बाहिर जुन देखिन्छ अनि हामीले भोगेको कुरामा धेरै भिन्नता छ। मेरो लक्ष्य चुनाव अनि कुर्सी होइन, तर मेरो समाजलाई सही दिशामा लैजानु हो। समाजको विचार परिवर्तन गर्नु हो।'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande