कोलकाता, 17 जून (हि.स.)। पश्चिम बंगालमा गर्मी एवं आद्रताले पिल्सिएका मानिसहरूको लागि राहतपूर्ण खबर छ। मौसम विभागानुसार दक्षिण बंगालमा मनसुनले औपचारिक रूपमा कदम राखेको छ। नदिया, उत्तर 24 परगना औ बर्धमान जिल्लामा मनसुनी हावाले प्रवेश गरिसकेको छ। अब बिस्तारै मनसुनको प्रभाव दक्षिण बंगालमा फैलिने आशा छ।
कोलकाता समेत राज्यका अधिकांश भागहरूमा वर्षा शुरू भइसकेको छ। कोलकाताको अधिकतम तापमान घटेर 29 डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापमान 27 डिग्री लगभग दर्ता गरिएको छ। यसबाट मानिसहरूले भयानक तथा च्यापच्यापती गर्मीबाट केही हदसम्म राहत पाएका छन्।
मौसम विभाग अनुसार बुधवारसम्ममा दक्षिण बंगालका सबै जिल्लाहरूमा मनसुन पूर्ण रूपले सक्रिय भएको छ। यसबाट राज्यको कृषि क्षेत्र पनि लाभान्वित हुने आशा छ जसले समयमा वर्षा हुने प्रतीक्षा गरिरहेको थियो।
यस अवधि कोलकाता, हावड़ा, हुगली, पूर्व एवं पश्चिम मेदिनीपुर तथा दक्षिण 24 परगना जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने अनुमान लगाइएको छ। विशेष बुधवार दक्षिण तथा उत्तर 24 परगनामा पनि अतिघना वर्षा हुने चेताउनी जारी गरिएको छ।
यसरी नै बीरभूम, मुर्शिदाबाद औ पश्चिम बर्धमान जिल्लामा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। राज्य सरकारले सबै जिल्ला प्रशासनलाई सतर्क रहने तथा सम्भावित जलमग्न क्षेत्रहरूमा विशेष निगरानी राख्ने निर्देश दिएको छ।
मौसम विभाग अनुसार उत्तर बंगालका दुवै दिनाजपुर उत्तर औ दक्षिण जिल्लामा पनि घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। साथै जलपाईगुड़ी, अलिपुरद्वार तथा दार्जीलिङ जस्ता पार्वतीय क्षेत्रहरूमा पनि रोकिँदै वर्षा हुनसक्छ।
यी क्षेत्रहरूमा पैह्रो जाने तथा सड़क अवरोध हुने आशंकालाई ध्यानमा राखेर प्रशासनलाई पहिला नै अलर्ट राखिएको छ। पर्यटकहरूलाई पहाड़ी क्षेत्रको यात्रा गर्दा होशियारी अप्नाउने सल्लाह दिइएको छ।
बढ़्दो वर्षा तथा मौसमको गम्भीरतालाई ध्यानमा राख्दै राज्य सरकारले आपदा प्रबन्धन दलहरूलाई सक्रिय बनाएको छ। तल्लो क्षेत्रहरूमा जलभराउ अनि यातायात व्यवधानलाई केन्द्र गर्दै राहत तथा बचाउ दलहरूलाई तयार राखिएको छ।
मौसम विभागको भनाइ छ, आामी सप्ताहसम्ममा राज्यभरि नै मनसुन पूर्ण रूपले सक्रिय हुनेछ तथा तापमान सामान्यभन्दा तल झर्नसक्छ। फलस्वरूप नागरिकहरूले राहत पाउनेछन् साथै कृषकहरूको लागि पनि यो समय अनुकूल साबित हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा