एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत
एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत


गान्तोक, 17 जून (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले भारत सरकारको गृह मन्त्रालयले 2027 मा भारतको जनगणना सञ्चालन गर्ने सम्बन्धमा जारी गरेको आधिकारिक अधिसूचनालाई हार्दिक स्वागत जनाएको छ।

एसकेएम प्रवक्ता बिकास बस्नेतले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील र दूरदर्शी नेतृत्वमा गरिएको यो ऐतिहासिक निर्णयले भारत सरकारको सही तथ्याङ्क-सञ्चालित शासन र समावेशी राष्ट्रिय योजनाप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। जनगणनाले देशभरि नीति निर्माण, कल्याण वितरण, पूर्वाधार विकास र सशक्तिकरण पहलहरूको मेरुदण्डको रूपमा काम गर्दछ।

एसकेएम पार्टीले सिक्किमका जनताको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै यस राष्ट्रव्यापी अभ्यासको सफल कार्यान्वयनको लागि पूर्ण सहयोग व्यक्त गरेको छ। एसकेएमले पार्टी अध्यक्ष तथा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा एसकेएमले सिक्किमको जनसांख्यिकीको व्यापक कभरेज सुनिश्चित गर्न जनगणना अधिकारीहरूलाई आवश्यक पर्ने हरेक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

एसकेएमले आगामी जनगणना 2027 को तयारीको क्रममा सिक्किमका सबै नागरिकहरूलाई यस महत्त्वपूर्ण राष्ट्रिय अभ्यासमा सक्रिय रूपमा भाग लिन र योगदान दिन आह्वान गरेको छ, जसले राज्यको भविष्यको विकासको लागि मार्गचित्रलाई आकार दिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande