कोलकाताः फ्ल्याटभित्र एउटै परिवारका तीन जना सदस्यको झुण्डिरहेको शव भेटियो
कोलकाताः फ्ल्याटभित्र एउटै परिवारका तीन जना सदस्यको झुण्डिरहेको शव भेटियो


कोलकाता, 18 जून (हि.स.)। कोलकाताको कस्बा थाना अन्तर्गत राजडांगा गोल्ड पार्क क्षेत्रमा गए मंगलवार साँझ एउटै परिवारका तीनजना सदस्यहरूको शव आफ्नै फ्ल्याटभित्र झुण्डिरहेको अवस्थामा भेटियो। मृतकहरूको पहिचान 70 वर्षीय सरजीत भट्टचार्य, उनकी 68 वर्षीय पत्नी गार्गी भट्टचार्य औ उनीहरूका 38 वर्षीय छोरा आयुष्मान भट्टचार्यको रूपमा भएको छ।

प्राप्त जानकारी अनुसार पुलिसलाई गए मंगलवार साँझ लगभग 6:10 बजी सूचना प्राप्त भयो जतिबेला छिमेकीहरूले बताए, परिवारले बिहानदेखिकै घरको ढोका खोलेको छैन। घटनास्थलमा पुगेका अधिकारीहरूले घरको मुख्य ढोका भित्रैबाट बन्द रहेको पाए। त्यसपछि स्थानीय मानिसहरूको उपस्थितिमा ढोका भत्काइयो। भित्र सरजीतको शव डाइनिंग एरियामा झुण्डिरहेको भेटियो भने गार्गी र आयुष्मानको शव अर्को कोठामा भेटियो। स्थानीय एकजना डाक्टरले तीनै जनालाई घटनास्थलमै मृत घोषित गरिदिए।

कोलकाता पुलिसको होमिसाइड यूनिट औ डिटेक्टिभ डिपार्टमेन्ट घटनास्थलमा पुग्यो अनि विस्तृत जाँच शुरू गऱ्यो। शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर पुलिसले अप्राकृतिक मृत्युको मामिला दर्ता गरेको छ। प्राथमिक रूपमा आत्महत्या हुनसक्ने आशंका व्यक्त गरिएको भए पनि अन्य सम्भावनाहरूलाई पनि अस्वीकार गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande