
गुवाहाटी, 18 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बरचुक ग्यास ब्लोआउटको गम्भीरतालाई मध्यनजर गर्दै बुधवार केन्द्रिय पेट्रोलिम मन्त्री हरदीप सिह पुरीसित पत्र लेखेर यस मुद्दामाथि चिन्ता व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले मन्त्री पुरीसित अनुरोध गरेका छन्, ओएनजीसी लिमिटेडको मिशन मोडमा वेल कन्ट्रोल प्रयासहरूलाई तीव्रता दिने निर्देश दिइयोस् ताकि स्थिति झन् गम्भीर नहोस्।
डा. सरमाले भने, “राज्य सरकारले प्रभावित मानिसहरूलाई हरसम्भव राहत प्रदान गरिरहेको छ, तर स्थितिलाई सामान्य बनाउन तथा संकटलाई कम गर्नको लागि ओएनजीसीले अझ सक्रिय भूमिका निभाउनुपर्छ।”
उल्लेखनीय छ, बरचुकमा हालैमा भएको ग्यास ब्लोआउटबाट सैकड़ौं परिवारहरू प्रभावित भएका छन् भने स्थितिलाई नियन्त्रण गर्नको लागि अझ तीव्र कारबाहीको आवश्यकता महसूस गरिँदैछ। गए मंगलवार राज्य सरकारले मुख्यमन्त्री राहत कोषबाट पीड़ित परिवारहरूलाई 25-25 हजार रुपियाँ तत्कालिक सहायदा दिने घोषणा गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा