
कोलकाता, 18 जून (हि.स.)। बंगालको खाड़ीमा माछा मार्नदेखि वार्षिक प्रतिबन्धको समय-सीमा समाप्त हुनसाथ समुद्रको मौसम बिग्रिन थालेको छ। यस्तो स्थितिलाई मध्यनजर गर्दै पश्चिम बंगाल सरकारको आपदा प्रबन्धन तथा नागरिक सुरक्षा विभागले फेरि मछुआराहरूलाई समुद्रमा जानदेखि रोक लगाइदिएको छ।
राज्य सरकारद्वारा बितेको मंगलवार राति जारी निर्देश अनुसार 19 जूनको बिहानसम्म कुनै पनि मछुआरालाई ट्रलर वा नौका लिएर समुद्र वा नदीमा माछा मार्न जाने अनुमति दिइनेछन। यो निर्णय प्रतिकूल मौसम अनि सम्भावित समुद्री तूफानलाई केन्द्र गरेर लिइएको हो।
कांथी क्षेत्रका मछली पालन अधिकारी (सामुद्रिक विभाग) सुमन साहाले जानकारी दिए, यो निर्देश नवान्न (राज्य सचिवालय)-बाट सबै सम्बन्धित विभाग अनि मछुआरा संगठनहरूलाई पठाइएको छ। उनले भने, सरकारको पक्षबाट स्पष्ट निर्देश दिइएको छ कि 19 जूनसम्म मछुआराहरू समुद्रमा नजाउन्। पहिलाबाटै समुद्रमा रहेको ट्रलरलाई तत्काल फर्काउने निर्देश दिइएको छ।
स्मरण गराइन्छ, वार्षिक प्रतिबन्ध समाप्त हुन दुई दिन अगावै मछुआराहरू समुद्रमा उत्रेका थिए। बजारमा इलिश (हिलसा) माछाको सामान्य आगमनले उत्साह पनि देखिएको थियो। तर अब ताजा प्रतिबन्धको कारणले मछुआराहरूमा निराशा छाएको छ। सबैले अब मौसम शान्त हुने प्रतीक्षा गरिरहेका छन् ताकि उनीहरूले पुनः गहिरो समुद्रमा पुगेर माछाहरूलाई खोज्न सकुन्।
पश्चिम बंगालमा जून महिनामा प्रायजसो नै समुद्री तूफान तथा चक्रवात आउनसक्ने आशंका रहन्छ। त्यसैले सरकारद्वारा लगाइएको यस रोकलाई मछुआराहरूको सुरक्षाको दृष्टिले महत्वपूर्ण मानिँदैैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा