कोरमण्डल र धौली एक्सप्रेस अब शालीमारको सट्टा हावड़ा भएर चल्ने, 25 अगस्तदेखि शुरू हुनेछ नयाँ शेड्युल
कोरमण्डल र धौली एक्सप्रेस अब शालीमारको सट्टा हावड़ा भएर चल्ने, 25 अगस्तदेखि शुरू हुनेछ नयाँ शेड्युल


कोलकाता, 19 जून (हि.स.)। दक्षिण-पूर्व रेलवेले पश्चिम बंगालदेखि ओडिशा अनि तमिलनाडुसम्मको यात्रा गर्ने यात्रीहरूको लागि एक महत्वपूर्ण परिवर्तन घोषणा गरेको छ। अब शालीमार स्टेशन भएर गुज्रिने दुईवटा प्रमुख एक्सप्रेस ट्रेनहरू क्रमैले कोरमण्डल एक्सप्रेस र धौली एक्सप्रेस आगामी 25 अगस्तदेखि हावड़ा स्टेशन भएर संचालन हुनेछ। रेलवेद्वारा बुधवार यस परिवर्तनसित सम्बन्धित अधिसूचना जारी गरिएको छ।

कोरमण्डल एक्सप्रेस (12841) जुन अहिलेसम्ममा 3:15 बजे शालीमारदेखि प्रस्थान भइरहेको थियो भने अब आगामी 25 अगस्तदेखि हावड़ा स्टेशनबाट अपरान्ह 3:10 बजे प्रस्थान हुनेछ। फर्किँदा चेन्नईबाट आउने ट्रेन (12842) अब शालीमारको सट्टा हावड़ा स्टेशनमा बिहान 11:00 बजे आइपुग्नेछ जुन पहिला 11:05 बजे शालीमार आइपुग्थ्यो।

यसरी नै पुरी जाने धौली एक्सप्रेस (12821) बिहान 9:15 बजे शालीमारदेखि प्रस्थान हुन्थ्यो भने अब यो ट्रेन बिहान 9:10 बजे हावड़ादेखि प्रस्थान हुनेछ। फर्किँदा पुरीदेखि आउने ट्रेन (12822) जुन पहिला साँझ 7:25 बजे शालीमार पुग्थ्यो भने अब साँझ 7:30 बजे हावड़ा आइपुग्नेछ।

रेलवेले यो पनि स्पष्ट पारेको छ, शुरूआती स्टेशन, प्रस्थान अनि आगमनको समयमा मात्र फेरबदल गरिएको छ। ट्रेनको मार्गमा पर्ने अन्य स्टेशनहरूमा यसको समय अनि रोकिने समयमा कुनै फेरबदल गरिएको छैन। यात्रीहरूलाई सल्लाह दिइन्छ, उनीहरूले नयाँ समय-सारणी अनुसार आफ्नो यात्राको योजना बनाउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande