राज्यका शीर्ष यूनिभर्सिटीहरूमा दर्रियो जादवपुर, कलकत्ता यूनिभर्सिटी पछाड़ियो
राज्यका शीर्ष यूनिभर्सिटीहरूमा दर्रियो जादवपुर, कलकत्ता यूनिभर्सिटी पछाड़ियो


-खड़गपुर आईआईटी सर्वोच्च स्थानमा

कोलकाता, 19 जून (हि.स.)। पश्चिम बंगालको सर्वश्रेष्ठ यूनिभर्सिटीको ऱ्याकिंग जारी भएको जसमा जादवपुर विश्वविद्यालयले कोलकाता विश्वविद्यालयलाई पछाड़ेको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध ‘क्यूएस वर्ल्ड यूनिभर्सिटी ऱ्याकिंग- 2025’ अनुसार जादवपुर विश्वविद्यालयले यसपालि 676औं वैश्विक ऱ्यांक प्राप्त गरेको छ भने कलकत्ता विश्वविद्यालय पछाड़िएर 771-780 को श्रेणीमा पुगेको छ।

पछिल्लो ऱ्याकिंगमा जादवपुर विश्वविद्यालयको स्थिति 721-730 बीच थियो भने कलकत्ता विश्वविद्यालय 751-760 बीचमा थियो। यसपालि जादवपुरले सुधार मात्र गरेको छैन जबकि बंगालका प्रमुख विश्वविद्यालयहरूको सूचीमा आफूलाई कलकत्ता विश्वविद्यालयभन्दा माथि स्थापित गरेको छ।

राज्यमा सर्वश्रेष्ठ स्थान एक पटक फेरि भारतीय प्रौद्योगिकी संस्थान खड़गपुरले हासिल गरेको छ जसलाई विश्व ऱ्याकिंगमा 215औं स्थान प्राप्त भएको छ। पछिल्लो वर्ष यसको ऱ्यांक 222 थियो। देशका सर्वश्रेष्ठ शिक्षण संस्थानहरूको सूचीमा पनि यो चौथो स्थानमा रह्यो।

राष्ट्रिय स्तरमा भारतीय प्रौद्योगिकी संस्थान दिल्लीलाई भारतको सर्वोच्च शैक्षणिक संस्थान घोषित गरिएको छ जसलाई 123औं वैश्विंक ऱ्यांक अनि 65.5 अंक प्राप्त भएको छ। त्यसपछि भारतीय प्रौद्योगिकी संस्थान बम्बे र भारतीय प्रौद्योगिकी संस्थान मद्रास क्रमशः दोस्रो अनि तेस्रो स्थानमा परेको छ।

भारतका शीर्ष 25 विश्वविद्यालयहरूमा बंगालका दुईवटा संस्थानहरूको नाम जादवपुर विश्वविद्यालय (18औं स्थान) तथा कलकत्ता विश्वविद्यालय (24औं स्थान)-लाई सामेल गरिएको छ। यो रिपोर्टले राज्यमा शैक्षणिक प्रतिस्पर्धालाई मात्र रेखांकित गर्दैन जबकि यो पनि दर्शाउँछ कि कसरी संस्थानले आफ्नो गुणस्तरमा सुधार ल्याएर अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande