बीरभूम, 19 जून (हि. स.)। पछिल्लो केही दिनदेखिको सिउड़ी शहरका केही भागहरू सहित जिल्लाका विभिन्न क्षेत्रहरूमा भइरहेको बिजुली कटौती सर्वसाधारणको लागि टाउको दुःखाई भएको छ। कहिले-कहिले त एक-दुई घण्टासम्म लोड शेडिंग हुन्छ। यसको साथै लो भोल्टेज पनि मानिसहरूको लागि समस्याको कारण बन्न पुगेको छ।
घटनाबाट व्याकुल मानिसहरूले बिजुली विभागलाई कठघरामा उभ्याएका छन्। तथापि विभागीय अधिकारीहरूले स्पष्ट पारेका छन्, अत्यधिक गर्मीपछि अचानक वर्षा भएको कारणले मौसम परिवर्तन भएको छ। फलस्वरूप केही मामिलाहरूमा इन्सुलेटर लीक भइरहेको लोड शेडिंगको समस्या उत्पन्न भइरहेको छ। साथै ओभरलोडिंगको कारणले पनि यस्तो समस्या भइरहेको छ।
घटनाको सम्बन्धमा जिल्ला विद्युत विभागका क्षेत्रीय प्रबन्धक परिमल सरकारले बताए, भीषण गर्मीपछि अचानक पानी पऱ्यो भने मौसम परिवर्तनको कारणले इन्सुलेटर खराब हुन्छ। केही ठाउँहरूमा इन्सुलेटर भाँचिन्छ। परिणामस्वरूप बिजुली ठप्प हुन्छ। यस्तो अवस्थामा हामीले इन्सुलेटर परिवर्तन गरिरहेका छौं। साथै कतिपय मानिसहरूले विभागलाई नबताई लोड बढ़ाइरहेका छन्, त्यसैले केही स्छानमा लो भोल्टेजको समस्या भइरहेको छ। समस्या समाधानको लागि हामीले नियमित निगरानी गरिरहेका छौं।
कथित रूपमा जिल्लाको सिउड़ी शहरका कतिपय स्थानमा बितेका केही दिनदेखिको बिजुली सर्वराह ठप्प हुने समस्या बढ़िरहेको छ। यसको साथै मोहम्मद बजार लगायत अन्य केही क्षेत्रहरूमा बिजुली ठप्प भएको सिकायत प्राप्त भइरहेको छ।
प्रारम्भिक रूपमा थाहा लागे अनुसार दिउँसो अलग-अलग समयमा अचानक बिजुली सर्वराह ठप्प भइरहेको छ। कहिले क्षणभरसम्म बिजुली सेबा बाधित हुन्छ भने कहिले घण्टौंसम्म लगातार लोड शेडिंग भइरहेको छ। विशेष बिहान वा राती लोड शेडिंगको समस्या बढ़िरहेको छ। लो भोल्टेजको कारणले समस्या दुई गुणा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा