कालीगञ्ज उपचुनाउमा बबालः भाजपा उम्मेद्वारले प्रिसाइडिंग अफिसरलाई बताए ''तृणमूल क्याडर'
कालीगञ्ज उपचुनाउमा बबालः भाजपा उम्मेद्वारले प्रिसाइडिंग अफिसरलाई बताए ''तृणमूल क्याडर'


कोलकाता, 19 जून (हि.स.) । कालीगञ्ज विधानसभा सीटमा भइरहेको उपचुनाउ अवधि बिहीवार बिहानदेखिकै मतदान केन्द्रहरूमा तनाउ अनि आरोप-प्रत्यारोपको माहोल सृजना भएको छ। भाजपा उम्मेद्वार आशिष घोषले आरोप लगाए, देवग्रामको चाँदघर आदर्श विद्यापीठस्थित बूथ संख्या- 54 मा उनका एजेन्टहरूलाई बस्न दिइएन। यस अवधि केन्द्रिय सुरक्षा बलहरूले पनि उनीहरूलाई बूथमा प्रवेश गर्नदेखि रोके जसपश्चात घटनास्थलमा चर्काचर्की पऱ्यो।

आशिष घोषले सोझै प्रिसाइडिंग अफिसरमाथि तृणमूल कंग्रेसको क्याडर रहेको आरोप लगाउँदै भने, उनले पक्षपात गरिरहेका छन् साथै तृणमूलको इशारामा काम गरिरहेका छन्। जबकि प्रिसाइडिंग अफिसरले उक्त आरोपलाई अस्वीकार गर्दै भने, शुरूआती स्तरमा केही ‘भुल बुझाबुझ’ भएको थियो, तर पछि भाजपा एजेन्टहरूलाई बूथमा प्रवेश गर्ने अनुमति दिइयो।

घटनापछि भाजपा कार्यकर्ताहरूको ठूलो संख्यामा घटनास्थलमा पुगे जसले गर्दा स्थिति तनाउपूर्ण भयो। स्थितिलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षा बलहरूलाई तैनाथ गरियो। यसबीच चुनाउ आयोगको पक्षबाट फोन कल आएपछि प्रिसाइडिंग अफिसरले एजेन्टलाई भित्र जाने अनुमति दिए अनि भने, यो एउटा ‘मिसअण्डरस्ट्याण्डिंग’ थियो।

तथापि भाजपा उम्मेदवार तथा अन्य पार्टी कार्यकर्ताहरूले यसमाथि कड़ा प्रतिक्रिया व्यक्त गरे। उनीहरूले प्रश्न उठाए, जतिबेला एक घण्टाभन्दा अधिक समयसम्म मतदान भइसकेको थियो तब एजेन्टलाई भित्र बस्न किन दिइएन? उनीहरूले आरोप लगाए, यसले चुनाउको पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँछ।

भाजपा उम्मेद्वार आशिष घोषले मीडिया समक्ष भने, “प्रिसाइडिंग अफिसरले जे नै भए पनि तिनी तृणमूलकै क्याडर हुन्। उनले तृणमूलको निर्देशमा काम गरिरहेका छन्। हामीले यस सन्दर्भमा चुनाउ आयोगलाई जानकारी दिएका छौं।”

यस सम्पूर्ण विवादबीच तृणमूल कंग्रेसकी उम्मेद्वार अलिफा अहमदले बिहान मतदान गर्द टिप्पणी गरेकी थिइन्, “जब विपक्षले एजेन्ट नै दिन सकिरहेको छैन भने यसमा सत्तारूढ दलले के गर्नसक्छ?”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande