सिलगढ़ीमा एटीएम लूट, लाखौं रूपियाँ लिएर भाग्यो बदमाश
सिलगढ़ीमा एटीएम लूट, लाखौं रूपियाँ लिएर भाग्यो बदमाश


सिलगढ़ी, 19 जून (हि.स.)। पश्चिम बंगालको जलपाइगढ़ीपछि सिलगढ़ीमा पनि एटीएम तोड़ेर पैसा लूट्ने घटना घटेको छ। एटीएम लूटको यो घटना गत राति प्रधान नगर थानाको चम्पासरी मोड़ स्थित एक सरकारी ब्याङ्कको एटीएममा घटेको छ। बदमाशरूले दुई एटीएम मशीनहरूलाई ग्यास कटरले काटेर पैसा लूटेर भागेको आरोप छ। यद्यपि, अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि एटीएममा कति पैसा थियो। पैसा लूटेपछि बदमाशहरू घटनास्थलबाट भागे।

पुलिस सूत्रहरू अनुसार, बदमाश चार चक्के गाड़ीमा आएका थिए। घटनापछि विभिन्न टोल गेटहरूको सीसीटीभी फुटेज संग्रहित गरी त्यसको जाँच गरिँदैछ।

सिलगढ़ी मेट्रोपोलिटन पुलिसले दार्जीलिङ, जलपाइगढ़ी र उत्तर दिनाजपुर जिल्लाहरूको हरेक थाना पुलिसलाई सतर्क गरेको छ।

उल्लेख्य, केही दिन अगाड़ी जलपाइगढ़ी जिल्लाको मयनागढ़ी ब्लकको बौलबाड़ी बजार क्षेत्रमा एक सरकारी ब्याङ्कको एटीएमबाट बदमाशहरूले लगभग 54 लाख रूपियाँ लूटेर भागेका थिए। पुलिसले जाँचपछि अहिलेसम्म यस घटनामा सामेल चार जनालाई पक्राउ गरिसकेको छ। पक्रा पर्नेहरूबाट अहिलेसम्म लगभग 15 लाख रूपियाँ जफत गरिएको छ। यद्यपि, पाँचौं बदमाश अहिलेपनि पुलिसको हात परेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande